साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ध्यान दिनुहोला

Nepal Telecom ad

एउटा कुरा भन्नुथियो ध्यान दिनुहोला !
दोहोर्याइदैन जे भनियो ध्यान दिनुहोला !!

पैसा फल्ने बोट छैन बा यतापनि !
घरको खर्च आकाशियो ध्यान दिनुहोला ।

दौरा सुरुवाल लगाउनेको भर खासै हुन्न !
भाषण गर्न को उभियो ध्यान दिनुहोला ।

सम्पत्तिको चक्करमा घर बिग्रेलानी !
छोरो अन्तै बरालियो ध्यान दिनुहोला ।

मान्छे सधैं जमीनमैं छ भ्रम पुग्छ माथि !
भूकम्पले सम्झाइदियो ध्यान दिनुहोला ।

अट्टहास छ मेहफिलमा वाह ! हुनुपर्थ्यो !
कि चुट्किला सुनाइयो ध्यान दिनुहोला ।

(प्रस्तुत गजलमा दौरा सुरुवाल लगाउनेलाई नेता या सरकारी कर्मचारीको बिम्बको रुपमा प्रयोग गरिएको छ, कुनै निश्चित जाति या क्षेत्रको पहिरनको सिम्बोलको रुपमा नबुझिदिनु हुन आग्रह गर्दछु)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x