साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँ नै वृद्धाश्रम भएछ !

Nepal Telecom ad

सरकारले वृद्धाश्रम बनाउँछु भनेको त राजनीति पो रहेछ । वृद्धभत्ता वितरक त गाउँ नपस्ने भएछ । सिङ्गो मुलुक नै वृद्धाश्रम भएपछि सरकारले वृद्धाश्रम बनाउनु नपर्ने भएछ । जुन गाउँमा पनि युवावर्ग नबस्ने रहेछ । केही मुख्य शहरबाहेक सिङ्गो मुलुक वृद्धाश्रम घोषणा गरे हुने भएछ । वृद्धावस्थामा सेवाशुश्रुषा गर्नुपर्ने सन्तति त सम्पति लिएर परमुलुकतिर पो गएछ ! सरकारले ‘मुलुकका सबै जिल्लामा वृद्धाश्रम बनाउनुपरयो’ भनेको त यही रहेछ ! हामीजस्ता वृद्धोन्मुखलाई पनि बुढेस कालको सहारा को हुने हो सोच्नै पर्ने भएछ । वृद्धाश्रम बनाउन त निकै सजिलो पो रहेछ । मुलुकभरीका युवालाई बेरोजगार बनाइदिएपछि मुलुकै वृद्धाश्रम हुने रहेछ ! सरकारले विद्यालयलाई सेनालयमा परिणत गरेझैँ मुलुकभरका युवाशक्तिलाई विदेश पठाएपछि गृहस्थाश्रमनै वृद्धाश्रम बन्ने रहेछ । एकत्रित आश्रम होइन एकल दुकल वृद्धाश्रम बनिरहेको रहेछ । दशक अघि र अहिलेको गाउँघरको अवस्था हेर्दा कहाली लाग्ने रहेछ ।
तपाइँका छोराछोरी कहाँ छन् नि भनेर गाउँले आमाबालाई सोध्नु भनेको आँसु सकिएका आँखाबाट फेरि आँसु झार्न लगाउनु जस्तो पो रहेछ ! गाउँले बूढाबूढीका पारिवारिक अवस्था नबुझी त सोध्नै नहुने रहेछ । दोहोरो बन्दुकको चेपुवामा परेका र मरेकाको, त्यही बेलामा भागेर जानुपरेको, आर्थिक समस्याले विदेसिनु परेको मानसिक खाटो बसेको घाउ त बूढाबूढीका अगाडि कोट्याउनै नहुने रहेछ । आर्थिक समस्या, पारिवारिक समस्या, पढेलेखेका छोरानातिले वास्ता नगरेर विदेश पसेको समस्या जस्ता अनगिन्ती समस्याको केन्द्र त आजका गाउँघर पो भएछ ।
ज्येष्ठ नागरिक भत्ता बाँड्ने कर्मचारी र भोट माग्ने नेता गाउँ नपसेको त वृद्ध विलौना सुन्नुभन्दा कान थुन्न ठीक भनेर पो रहेछ ! सरकारले अब मेरोदेशमा यतिहजार वृद्धाश्रम छन् नपत्याए हेर्न आऊ भनेर परमुलुकलाई चुनौती दिए हुने भएछ । विश्वमा बढी वृद्धाश्रम भएको मुलुक मेरो हो हेर भनेर स्वार्थ सिद्ध गरे हुने भएछ । गाउँमा पस्दा त जसको पनि आँखा रसाउने रहेछ । हाम्रा मुलुकका वृद्धहरू आफैँ आश्रम बनाएर बस्छन् भनेर नमुना मुलुकको दाबी गरेपनि हुने भएछ । छोरानाति बस्लान् भनेर आफैँले युवाअवस्थामा बनाएको घर आफैँलाई वृद्धाश्रम साबित भएछ । नेपालजस्तो धेरै वृद्धाश्रम भएको मुलुक अब कुनै नहुने भएछ ।
मुलुकको मुख्यमुख्य सहरबाहेक अरु सबै जिल्ला गाउँघरलाई वृद्धाश्रम घोषणा गरे हुने भएछ । नातिनातिना खेलाएर बस्ने आशामा रहेका आमाबाबुले विदेशपस्ने सन्तानको मुख नदेख्ने अवस्था त गरीवी र बेरोजगारीकै कारण रहेछ । सरकारले भत्ता र सन्तानले लत्ताकपडा नपठाउँदा गाउँले वृद्धका बेहाल हुने भएछ । सरकारले चाहेर हो कि युवा वर्गलाई देशविदेशतिर नचाएर हो गाउँ त स्वतः वृद्धाश्रम पो भएछ । गाउँघरका खेतबारी बाँझै देख्दा त नेतालाई आतङ्ककारीको नामबाट हटाउन लगाएझैँ धान नफल्ने मुलुकलाई कृषिप्रधान भन्ने शब्द हटाए हुने भएछ । वृद्धभत्ता नदिएर वृद्धसंख्या घटाउन खोजेको हो कि के हो त्यसको जवाफ त सरकारसित सोध्नै पर्ने भएछ । सम्मानित हुनुपर्ने बाआमा आज हरेक गाउँका झुपडीमा एक्लैदुक्लै बसेर कुन अवस्थामा छन् के खाएका छन् त्यो हेर्ने कुन निकाय हो बुझ्नै पर्ने भएछ ।
मुलुकभर वृद्धभत्ता बढाउनु पर्ने भएछ । जिउँदो छउन्जेल अन्नपानी नदिने सन्तानले मरेपछि पिण्डनानी दिनुको अर्थ व्यर्थ रहेछ । मुलुकको अवस्था हेर्दा त कहालीलाग्दो पो भएछ । युवावर्ग पलायन भएकाले पो देश वृद्धाश्रम बन्दै गएको रहेछ । सरकारले वृद्ध र वृद्धाश्रमको परिभाषा कुन भाषामा दिने हो त्यो भने अझै बुझ्नुपर्ने भएछ । सरकारमा बस्नेहरू पनि मानिस नै हुन् क्यारे । आफू वृद्ध हुँदा कुन अवस्थामा पुगिएला त्यो चाहिँ उसैले बुझ्नुपर्ने भएछ । ज्येष्ठ नागरिकका आन्तरिक अवस्था नबुझ्ने सन्तति र सरकारलाई भोलिको बूढो हुने पालो कसको हो सोध्नुपर्ने भएछ ।

ट्याङला, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
टाउकाकै खेल, टाउके नै खेलाडी !

टाउकाकै खेल, टाउके नै...

घिमिरे ‘मैदेली’
धन्य नेता नेपालका !

धन्य नेता नेपालका !

घिमिरे ‘मैदेली’
सुशासन कि घुशासन ?

सुशासन कि घुशासन ?

घिमिरे ‘मैदेली’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x