साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढुङ्गामुढा जिन्दावाद !

Nepal Telecom ad

सर्वत्र जिन्दावाद र मुर्दावाद को लहर चलेको छ । यसको मतलब आफ्नो पक्षलाई जिन्दावाद र विरोधी पक्षलाई मुर्दावाद भन्दै डोका, डोका नारा उरालेर आंफ्ना भोको जिब्रालाई उफारेको देखिन्छ । त्यस कुरामा म पनि अलग त कहाँ छु र ? तर मेरो नारा भने फरक छ । मेरो नारा त अत्याधुनिक र अछट्टै पो छ त, ढुङ्गामुढा जिन्दावाद !

भन्नुको मतलब लोकतन्त्र होइन बरु बल्ल ठोकतन्त्र आएको छ । धम्काउने, थर्काउने, लुट्ने, ठोक्ने काममै सब दक्ष छन् । मतलब यो ढुङ्गामुढा गर्ने समय हो । यो त अराजकता र छाडातन्त्रको समय हो । यो त आगजनी र तोडफोडको समय हो । यो त बाटै पिच्छे, अफिसै पिच्छे आन्दलोन गदै आफ्नो स्वार्थ पुरा गराउने समय हो । नियम कानुन केही नचाहिने भएको छ । जसले जे मन लाग्छ, त्यही गरे हुन्छ, अब कार्यालयको काम छैन, तालासाला ठोकेर सुइँकुच्चा ठोके हुन्छ ।

अब आयोगको काम छैन, चउरमा आएर ढाड तताउँदै कपडा खोलेर जुम्रा मारे हुन्छ । बुद्धि, विवेक र मेहनतको कामछैन, अब पतिस्पर्धाको काम छैन, अब काम छैन योग्यता र क्षमताको । अब काम छैन मुल्य मान्यता र नियम कानुनको । अब काम छ ढुङ्गामुढा र उपद्रबको । त्यसैले म भन्छु ढुङ्गामुढा जिन्दावाद !

यदि भोकलाग्यो भने आन्द्रा मुर्दावाद भन्दै वरिपरिका होटेलमाथि ढुङ्गा बर्साउने, हिडँदाहिडदँै चप्पल चुँड्यो भने छिनेको चप्पल जुलुस गर्दै पसलमाथि तोडफाड गर्नै र चप्पल मुर्दावाद भन्दै नारा लगाउने । रातभरी अनिदो भइयो भने, आँखा मिच्दै आँखा अस्पतालमा गएर तोडफोड गर्ने, लामखुट्टेले टोक्यो भने फोहर मुर्दावाद भन्दै सडक जाम गर्नै, रुघा लाग्यो भने थुइक्क रुघा भन्दै नेपाल बन्द गरौँ, हस्पीटल पुर्याउना साथ विरामी मर्यो भने डक्टर मुर्दावाद भन्दै लछारपछार गरौँ । सर्वशक्तिमान अहिले ढुङ्गामुढा नै छ ।

यसको मतलब अब जहाँ तही ढुङ्गा, टायर, जम्मागरी दुइ चार जना मान्छे खेरौ, त्यसपछि नारा जुलुस घन्काउँ, सडकभरी आगो दन्काउँ, अनि कार टयाक्सी, मोटर साइकल जे भेटिन्छ त्यही आगोमा हुत्याउँ । चालकलाई मारपिट गरौं, आखिर हाम्रो बाको के जान्छ ? बरु हामी सर्वशक्तिमान हुन्छौं । जस्तो माग भए पनि तुरुन्तको तु पुरा हुन्छ । हिँड्दा हिँड्दा उछिट्टिएर ठेस लागेको होस या ठुलाठुला अपराधीको केश लागेको होश हामीलाइ कसैले केही गर्नै सक्ने छँैन । नियम कानुनको पुच्छर समाएर दुख कष्ट गदै पछि लाग्नुपर्नै काम नै छैन ।

राणकालमा राणाहरू जन्मनासाथ जर्नेल कर्णेल हुन्थे भने अहिले हामी स्वस्फुर्त महामानब किन नहुने ? जस्तोकि जन्मनासाथ परीक्षा पास ,पास हुनासाथ जागिर,जागिर हुनासाथ ,स्थायी ,स्थायी हुनासाथ तत्कालै पेन्सन हुनैपर्छ ,। यदि हुदैन भने सडक जाम,पसल जाम , हिकाउछौ हामी जहाँतही ढवाम् ढवाम , किनकी यो समय हो ढुङ्गामुढाको । ढुङ्गामुढा जिन्दाबाद !

रोल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छानबिन आयोग

छानबिन आयोग

नारायण आचार्य
0
Would love your thoughts, please comment.x
()
x