साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फासीवादास्टक

Nepal Telecom ad

१. फासीवादे कुरा गर्छौ चालाजम्मै अराजके
यो देशमा पलाएको फासीवाद अराजके !

२. बोल्ने हुन्न यहाँ झ्वाम्मै खनिन्छन् अरिङाल नै
वोल्ने वानी बसेको छ धुरिन्छन् यी अराजके !

३. यो देश गहिरी हेर्दा मुद्दाकै भासमा र’छ !
मुद्दा नलाग्ने को पो छ ? तन्त्र आहै ! अराजके !

५. लोकतन्त्र पधारेको छ कुतन्त्रे जन्म कुत्सित !
विकृति फैलिएको छ छ्याप्छ्याप्ती छन् अराजके !

६. मुष्टि युद्ध बढेको छ ! घटेको भन्नु नै निञा
जोरनाल यहाँ चल्छन् बन्दुके नै अराजके !

७. थोरै आँट त थोरै नै पैसा हो ! मूल्य नै छ के ?
यहाँ डलर हुन् ! चल्ने ! खप्ने भाजु अराजके !

८. जसको शक्ति रे ! हुन्छ उसैको भक्ति देशमा
डुक्रन्छ चर्छ जो वाली उही राजा अराजके !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x