साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढाबुढी हराए

Nepal Telecom ad

बुढाबुढी हराए जब ब्युटी पार्लर आए
बुढी बुढी हुँदिनन्, बुढा हुन नै छाडे ।

न कपाल कसैको फुल्छ, न दाँतै कसैको झर्छ,
न आँखा धमिलो कोहिको, न चाउरी नै देखा पर्छ,
न तालुखुइले कोहि छ, छैनन् क्वै थोता थोती
फेशन अझ अचम्मै, कुन भाले कुन पोथी ?

पैसा बुढाबुढीको कस्मेटिक पसलले खाए
बुढाबुढी हराए, जब ब्युटीपार्लर आए ।

बुढो धाउँछ हरदिन नर्सिङ्ग होम जचाउँन
आज खकार जाँचे भोलि प्रेसर जचाउँन
पर्सि सुगर जचाउँछ, जचाउँछ केहि हरेक दिन
उसको प्रयास छ बेग्लै, एउटी त्यहाँ फसाउँन

स्कुल पार्टी पिकनिक गल्ली कुना शहरमा
ठिटाठिटीले भ्याए, बुढाबुढी क्लिनिकमा
प्रवचन पुराण कता छ ? भोलि त्यता भेटौंला
इयररिङ्ग झिकेर आउनु हियरिङ्ग एड दिउँला

बुढी गन्हाउँछे ठुसठुस, नुहाए रंग जान्छ
बुढोको पेट खराब छ, पाउडर जो धेर खान्छ
बालेर अगरबत्ति धुँवैधुँवा छ घरमा
गन्ध लुकोस् कतिन्जेल धुवाँ सुँगाको भरमा ?

पैसा बुढाबुढीको कस्मेटिक पसलले खाए
बुढाबुढी हराए, जब ब्युटीपार्लर आए ।

पाउडर र क्रिमका बट्टा हुन्थे ती साना साना
ल्याउन थालिन बुढीले भरेर माना माना
चाउरी ती धर्सा पुर्न दिनकै खपत बढी छ
विवाद बुढाबुढी बीच कसको खपत बढी छ ?

पैसा बुढाबुढीको कस्मेटिक पसलले खाए
बुढाबुढी हराए, जब ब्युटीपार्लर आए ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x