सुलसुलेभ्रष्टाचार विरुद्ध हास्यव्यङ्ग्य यात्रा
विगतदेखि एक्लै र विभिन्न संस्थासँग मिलेर भ्रष्टाचार विरुद्धका अभियानमा सकृयतापूर्वक दर्जनौँ कार्यक्रमहरू सम्पन्न गरिसकेको सिस्नुपानी नेपालले २०७३ असार ६ गतेदेखि सुदूर पश्चिमको कन्चनपुरबाट प्रारम्भ गरको चौथो चरणको यात्रा कार्यक्रम ११ गते तनहुँ जिल्लामा आएर समापन भएको छ ।
महेन्द्रनगरबाट प्रारम्भ भएको हास्यव्यङ्ग्य यात्रा असार ७ गते सुर्खेत, ९ गते प्यूठान र १० गते पाल्पा हुँदै ११ गते तनहुँको दमौलीमा आएर भव्यतापूर्वक समापन भएको हो ।
सामाजिक तथा राष्ट्रिय हितका पक्षमा जिम्मेवारी वोध होओस् भन्ने उद्देष्यले कार्यक्रममा सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, कर्मचारीवर्ग, सरकारी कामकाजमा सम्पर्क भइरहने स्थानीय बुद्धिजीवी, गैर सरकारी संघ संस्थाका प्रतिनिधि, लेखक, पत्रकार, बिद्यार्थी तथा नागरिक समाजका व्यक्तिहरू, सुरक्षाकर्मीहरू एवं सर्वसाधारणलाई सहभागी गराइएको थियो ।
यात्रामा राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव हेमन्त राज निरौलाले केन्द्रको परिचय र कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने सिस्नुपानी नेपालका कवि तथा कलाकारहरू लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, मनोज गजुरेल, टङ्क आचार्य, माणिक रत्न शाक्य र कमलीकान्त भेटुवालले हास्यव्यङ्ग्य एवं चेतनामूलक कविता, प्रहसन तथा गीतहरू प्रस्तुत गरेका थिए ।
सिस्नुपानी नेपालले २१ जिल्लामा सम्पन्न गरिसकेको यो कार्यक्रमलाई अभियानकै रुपमा ७५ जिल्लामै आयोजना गर्ने लक्ष्य लिएको जानकारी गराउँदै संस्थाले निरन्तर सञ्चालन गरिरहेको यसका अध्यक्ष लक्ष्मण गाम्नागेले जानाएका छन् ।
Subscribe
Login
0 Comments
Oldest











































