सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जुत्ता हान्छन् होला

Nepal Telecom ad

दैबले नि भक्त बाट घुस खान्छन् होला
यमदुत घुस माग्दै स्वर्ग लान्छन् होला ।

बलि दिए काम बन्ने नत्र बिनास् हुने
कालिहरु खुनै खाइ जीवन धान्छन् होला ।

गाइ दान गर्नेहरु स्वर्ग पुग्छन् भन्छन्
मल मुत्र दिने त्यो गाइ कहाँ बान्छन् होला ।

शंका लाग्छ हाम्ले जस्तै देवताहरू पनि
फजुल् खर्च गरि गरि चाड मान्छन् होला ।

देउता पनि नेता नै हुन् छुट्टै पार्टी उसको
कार्यकर्ता लेबी तिर्न मन्दिर जान्छन् होला ।

आफ्नै भक्तबाट लुट्ने तिमी लुटेरालाई
कुनै दिन पुजारीले जुत्ता हान्छन् होला ।

नलाङ, हाल : भारत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
झरिदिए पुग्छ

झरिदिए पुग्छ

कान्छा तिवारी
तान्ने धेरै भए

तान्ने धेरै भए

मरुभूमि नारायण
के पीर भो र ?

के पीर भो र...

निलहरि काफ्ले
ढाल्न सक्छु

ढाल्न सक्छु

हृषीकेश बराल
भनेको भएन

भनेको भएन

मरुभूमि नारायण