साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कागजे विकास 

Nepal Telecom ad

भन्ने महानगर पालिका  height=
तर गर्ने छैन कुनै तालिका 
जता हेर्यो फोहरै फोहरको ताज छ {{read_more}}
पच्चिस बर्षदेखि यो शहरमा  
यही फोहरकै राज छ 
अव्यवस्थित घरहरूका फसल छन् 
बाटो भरी जात्राका जस्ता पसल छन् 
सरकारलाई देश भरी 
महानगर घोषणा गर्नेमै गर्ब लाग्छ 
तर थाहा छैन 
महानगरले के के कुरा माग्छ 
महानगर पनि कस्तो 
बाटो गाउँ पालिकाको जस्तो 
सुबिधा नगर पालिकाको जस्तो 
मान्छेलाई दिसा लाग्यो भने 
घर तिर नै भाग्नु पर्छ 
पिसाब लाग्यो भने पनि 
घर तिरै लाग्नु पर्छ 
यहाँ कागजमै नगरपालिका 
कागजमै स्मार्ट सिटी आउँछ 
थाह छैन कुन दिन सरकारले 
कागजमै युरोप अमेरिका पनि ल्याउँछ 
हामी पनि कागजमै मेट्रो ट्रेन 
कागजमै मनोरेल चढौंला 
मिसाइल रकेट पनि कागजकै 
कागजमै विश्व युद्ध लडौंला 
कागजमै संसार जितौंला 
कागजमै संसार हाकांैंला 
ययार्थमा कोही लड्न आए 
जङगलतिर भागौंला 
कागजमै पिच हुन्छ यहाँ
कागजमै  बिकास हुन्छ 
कागजमै न्याय हुन्छ 
कागजमै निसाब हुन्छ 
कागजमै देश सिंगापुर हुन्छ
कागजमै स्विजरल्यान्ड बन्छ 
कागजमै स्वर्ग होला देश 
कागजमै धनी कागजमै सुखी बनौंला
कागजमै खुसियाली, कागजमै उत्सब मनाआंैला ।

दाङ, हाल काठमाडौं 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x