साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिरालो मार्ने मुसो

Nepal Telecom ad

अंग्रेजी आलेख : गोल्डेन बल्स height=

कुनै समयमा एउटा सहरमा एउटा ठूलो घर थियो । त्यस घरमा मुसाको एउटा ठुलै जमात बस्थ्यो । {{read_more}} त्यसै घरमा घरधनीले एउटा ठूलो कालो बिरालो पनि पालेर राखेको थियो । उसलाई मुसा मार्ने कामकै लागि पालिएको थियो । त्यसैले बिचरा मुसालाई जहाँ जतिबेला फेला प¥यो ऊ च्याप्पै समातेर मर्काइहाल्थ्यो । मुसाको त्यो जमात बिरालाको यस आतङ्कबाट पुरै त्रसित रहन्थ्यो ।

हदै भएपछि मुसाहरूले पनि यस बिरालाको खतराबाट सधैंका लागि कसरी मुक्त हुने होला भनेर सल्लाह गर्न थाले । उनीहरूले छलफल गरेर एउटा योजना बनाए । त्यही योजना अनुसार एक दिन मुसाको नेता त्यस बिरालोछेउ गयो र बिरालालाई भन्यो “ए बिराली महोदया ! तपाईंलाई दिनमा एउटा मुसो एक दिनको खानाका लागि आवश्यक पर्दोरहेछ । त्यसैले व्यर्थमा यो अर्थ न बर्थको हत्या किन गर्नुहुन्छ, बरू म तपाईंको खानाका लागि प्रत्येक दिन एउटा मुसो तपाईंकहाँ पठाइदिउँला । अब हामी कसैलाई जथाभाबी नमार्नुहोला है त !”

बिरालोलाई पनि त्यस मुसाको मुखियाको कुरा मन प¥यो । बिरालो मुसा खोज्न भौंतारिइरहनुपर्ने झन्झटबाट मुक्त हुने भइयो भनेर निकै खुसी पनि भयो । दुःखै नगरी आफ्नो मनपर्ने खानेकुरा अगाडि आउने कुराले कसलाई पो खुसी लाग्दैन र ? उसकै ढोकामा उसको सबैभन्दा मिठो खानेकुरा आउने कुराले बिरालो मख्ख प¥यो । त्यसपछि हरेक दिन एउटा मुसो सिधै बिरालो भएठाउँ जान थाल्यो ।

एकदिन एउटा मुसो आफ्नो पालामा बिरालो भएठाउँ नगई उसले बिरालोबाट आफ्ना साथीहरूलाई सधैंका लागि कसरी मुक्त गर्नेहोला भनेर योजना बनायो । त्यही योजना अनुसार उसले बिरालाले देख्ने गरी त्यहीँ राखिएको अन्नको बिउ खान थाल्यो । आफूलाई वास्तै नगरी मुसाले बिउ खान लागेको देख्दा बिरालालाई सारै रिस उठ्यो र उसले मुसालाई झम्टिहाल्यो । उसले त्यस मुसालाई मारेर भकाभक खायो ।

एकै छिनमा बिरालालाई रिँगटा लाग्न थाल्यो । उसलाई वाकवाकी पनि लाग्यो । बिस्तारै बिरालो बेहोस भएर भुइँमा लड्यो र मरि पनि हाल्यो । मुसाले बनाएको त्यो योजना सफल भयो । बिरालोबाट उसले सबै मुसालाई सधैंका लागि मुक्ति दिलायो ।

वास्तवमा त्यस मुसाले सामान्य बिउ मात्र खाएको थिएन । उसले आफ्नो योजना अनुसार विषादी मिसाइएको बिउ खाएको थियो । मुसो त आखिर मथ्र्यो नै त्यसैले उसले सोच्यो “मर्नु नै छ भने किन आफ्ना बन्धुहरूको कल्याण गरेर शहिद नहुने त ?” त्यसैले उसले बिषालु बिउ खाएर बिरालोलाई समेत सिध्याइदियो र सबै मुसालाई बिरालाको खतराबाट सधैंका लागि मुक्त गरायो ।

आफू बलिदान हुँदा यदि ठूलै समुदायलाई फाइदा पुग्छ भने त्यसका लागि पनि तयार हुनुपर्छ । त्यस ज्ञानी र चलाख मुसाले पनि यसरी नै आफू बलिदान भएर आफ्ना बन्धुबान्धवको रक्षा ग¥यो ।

अनुवाद : गंगाप्रसाद अधिकारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सरको नाम बेचेर कुसुम खाँदा

सरको नाम बेचेर कुसुम...

डा. गंगाप्रसाद अधिकारी
एडिक्ट

एडिक्ट

डा. गंगाप्रसाद अधिकारी
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

डा. गंगाप्रसाद अधिकारी
तेइ तेइ

तेइ तेइ

डा. गंगाप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x