साइबर अपराध सम्बन्धी सचेतना सामग्री

औचित्य

Nepal Telecom ad

हाम्रा जीवनका मिठा र नमिठा भोगाइका सार हुन् height=
खोज्दा सूक्ति, उखानभित्र गहिरा, उम्दा अलङ्कार छन् । {{read_more}}
मान्छे सञ्चयमा रमाउँछ सधैँ के लान्छ खल्ती भरी
‘टेढो आँगन’ भन्छ नाच्न नसके भन्दैन गल्ती गरी ?

पक्री बाँदर नारिकेल फलको औचित्य बुझ्थ्यो कहाँ
के सुन्थ्यो र पुराण भालु मनमा वेदार्थ सुझ्थ्यो कहाँ ?
बाँकी दोष रहन्छ कुन्नि किन हो सारा समेटे पनि
‘खुर्पाको बिँड’ भन्छ मूर्ख मनुवा श्रीखण्ड भेटे पनि ।।

खस्रो बात मिठो उखान छ यहाँ रोटी छ चिल्लो मिठो
शङ्का गर्छ प्रवेश भित्र मनमा सल्किन्छ लङ्का छिटो ।
‘पेडा’ भन्दछ, खान्छ आलु’ दुनियाँ त्यै भन्छ पाउन्न जे
जो मान्छे मह काढ्छ हात उसले चाटी बिरायो र के ?

घाँटी हेर र हाड निल्न त्यसरी सिक्ने र चल्ने गर
चौतारातिर चोर, साधु सजिलै शूली चढाए तर ।
गर्दा बेर पलाउँछन् सय मुना अग्राखमा बेसरी
जाँच्तैनन् सुन हो भने अकबरीलाई कसी जौहरी ।।

जो होचो छ सदैव पर्छ मुखमा घोचो यही हाल छ
हार्ने जित्छ र हार्छ व्यक्ति विजयी, को भन्छ बेहाल छ ?
गर्दा पाप धुरी कराउँछ अरे के ढाँट्नु खै व्यक्तिले
भित्ताको पनि कान हुन्छ, कमिला मर्छन् पखेटा मिले ।।

भन्छन् इन्द्र अगाडि स्वर्ग छ यसो पुग्दा गफाडी उता
हात्ती खाडलमा परे यदि कतै जिस्क्याउँछन् भ्यागुता ।
लङ्का ध्वस्त गरेर वानर फिरे फेटा गुथ्यो ढेडुले
खाने धान मुसो सजाय कसरी पाएछ मण्डूकले ।।
सुर्खेत
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x