साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कामछाडा

Nepal Telecom ad

न वीरेन्द्र बाँचे न बाँचे भँडारी height=
छ यो देश खाने गरेको तयारी {{read_more}}
न ता मिल्न दिन्छन् न ता बढ्न दिन्छन्
सकेसम्म मासेर नै छोड्न खोज्छन् ।।

यहाँ राष्ट्रवादी छ तिम्रो चिनारी
भने मारिदिन्छन् मुसारी मुसारी
गरी हिंड्छ जो राष्ट्रमा भाँड चाला
उसैमा लगाइन्छ खादा र माला ।।

नठान्नू कि हो यो कुनै राजनीति
कि वा राष्ट्र नै खान खोज्ने कुनीति
सबैको चुरो धर्मको कूटनीति
र हिन्दुत्व मास्ने बडो क्षुद्र नीति ।।

गरी मार भाषा छताछुल्ल पारौं
छ जो संस्कृतिप्रेम सो नष्ट पारौं
इशाई बनाएर देशै बिगारौं
र बिस्तार साम्राज्य आफ्नो सुधारौं ।।

यही धर्मका साथमा अर्थनीति
घुसाई सिकाई गवाएर गीति
सधैं दास पारेर राख्ने छ चाल
बुझौं मित्र आजै बनौं होसियार ।।

ठुला भन्नु पर्ने निकै छन् बिकेका
उताबाट जे जे भने सो सिकेका
जहाँ लेखियो के छ हाम्रो भनाइ
घुसाएर हाल्छन् उनैको सिकाइ ।।

कुनै शत्रु टाढा भए चिन्नु हुन्थ्यो
खुँडाले चटक्कै त्यहीं छिन्नु हुन्थ्यो
छ आफ्नै घरैमा लुकी बस्छ साँढा
उही गर्छ उद्देश्य ली काम छाडा ।।
काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x