साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुस्तक चर्चा : ‘म भात जोरूँ कि कविता लेखूँ’

Nepal Telecom ad

नेपाली कविता साहित्यको प्रख्यात नाम– विश्वविमोहन श्रेष्ठको कवितासङ्ग्र्रह ‘म भात जोरूँ कि कविता लेखूँ’ को हालै साझा प्रकाशनले दोश्रो संस्करण प्रकाशित गरेको चर्चा छ ।  height={{read_more}}

यो कवितासङ्ग्र्रहको पहिलो संस्करण २०४४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको थियो, जसमा तत्कालिन कुलपति लैनसिंह बाङदेलको पत्र र उपकुलपति माधवप्रसाद घिमिरेको प्रकाशकीय थियो । ती जस्ताको तस्तै साझा प्रकाशनको संस्करणमा पनि छापिएको छ तर साझा प्रकाशनले दोश्रो संस्करण छापिएको बारे आफ्नो प्रकाशकीय यसमा राखेको छैन । बरु कवि विश्वविमोहन श्रेष्ठले ‘केही भन्नैपर्दा’ शीर्षकमा छोटो समयमै प्रज्ञा प्रतिष्ठानको पहिलो संस्करण बजारमा अप्राप्य भएको हुनाले साझा प्रकाशनलाई प्रकाशित गर्न अनुरोध गरेको कुरा लेखेका छन् । 

कविता उनको अन्तरआत्माको आवाज हो भन्ने कुरा पनि उनले गर्वका साथ आफ्नो भनाइ राखेका छन् । पुस्तकको आवरण पृष्ठको पछिल्लो पातामा लेखिएअनुसार कवि विश्वविमोहन श्रेष्ठका यो कविता सङ्ग्र्रह बाहेक ‘एउटा गन्तव्यको खोजीमा’ र ‘अङ्गारका धमिला धर्साहरू’ दुई अन्य कविता कृति पनि प्रकाशित छन् । ‘म भात जोरूँ कि कविता लेखूँ’ मा जम्मा ३५ कविताहरू सङ्कलित छन् । मूल्य रु. १९० राखिएको छ ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x