साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विभिन्न छ व्यक्तित्वलार्ई विकल पुरस्कार 

Nepal Telecom ad

विगत लामो समयदेखि आख्यानको क्षेत्रमा उल्लेख्य योगदान गर्दै आउनु भएका कथाकार डा. राजेन्द्र विमललाई विसं २०७४ को “रमेश विकल वाङ्मय पुरस्कार” तथा सबैभन्दा धेरै पटक रक्तदान गर्ने समाजसेवी प्रेमसागर कर्माचार्यलाई “रमेश विकल–सुशीला समाज सेवा पुरस्कार” प्रदान गर्ने निर्णय गरिएको छ । {{read_more}}

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा स्थापित यी पुरस्कारहरू प्रत्येक वर्ष रमेश विकल स्मृति दिवसका दिन अर्पण गरिने छ । 

यसरी नै वरिष्ठ साहित्यकार पुरुषोत्तम सुवेदीलाई रमेश ‘विकल सृजना पुरस्कार’ तथा बालसाहित्यकार सुशीला प्रधानाङ्गलाई ‘रमेश विकल बालसाहित्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ । 

यस्तै सङ्घर्षशील नारी व्यक्तित्व लक्ष्मी शर्मालाई ‘रमेश विकल–सुशीला सङ्घर्षशील नारी सम्मान–पुरस्कार’ तथा वरिष्ठ तबलाबादक शास्त्रीय सङ्गीतकार अच्युतराम भण्डारीलाई ‘रमेश विकल सङ्गीत पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ । 

प्रतिष्ठान कार्यसमितिका सदस्य मातृका पोखरेलको संयोजकत्वमा साहित्यष्कारद्वय प्रल्हाद पोखे्रल र सीता भट्टराई सदस्य रहनु भएको सिफारिस समितिको सिफारिसलाई प्रतिष्ठानले अनुमोदन गरी पुरस्कारको घोषणा गरेको हो ।
आगामी पुस १४ गते प्रतिष्ठानकै नवनिर्मित भवनमा सम्पन्न गरिने विकल स्मृति सभा तथा भवन उद्घाटन समारोहका अवसरमा पुरस्कृत व्यक्तित्वहरूमा घोषित पुरस्कारहरू अर्पण गरिने छ ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x