साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिर्जना वाचनको एकाउन्नौँ शृङ्खला

Nepal Telecom ad

काठमाडौं, २०७३ कार्तिक २०÷ एडमार्क कलेज कलङ्कीमा अनुपम सिर्जना प्रतिष्ठान नेपालको एकाउन्नौँ रचना वाचन संस्थाका उपाध्यक्ष भुवनहरि सिग्देलज्यूको अध्यक्षतामा भव्यरूपमा सम्पन्न भयो । {{read_more}} काठमाडौं उपत्याकाको पश्चिम मूलद्वारमा रहेको साहित्यिक संस्थाले नियमित आयोजना गर्दै आएको सिर्जना वाचन कार्यक्रमको यस शृङ्खलामा छन्द स्वच्छन्द कविता, गीत, गजल तथा मुक्तकहरू रोचक ढङ्गबाट स्रष्टा स्वयमले वाचन गरे । रचनाहरू राष्ट्रभक्तिभावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक बिकृति बिरुद्ध प्रहार गरिएका थिए ।  

सो अवसरमा रचना वाचन गर्ने स्रष्टा क्रमशः पुरुषोत्तम सिग्देल, लक्ष्मीप्रसाद मिश्र, जगदीश्वर पोखरेल, भुवनहरि सिग्देल, बेनीबहादुर थापा, रबिन्द्र थापा, अगन्धर अधिकारी, डा.बमबहादुर जिताली, चूडा निर्भीक, राजेन्द्र ढुङ्गाना, खगेन्द्र खोल्साघरे, टि.एन. भट्ट, प्रदिप मैनाली, जसध्वज गुरुङ, रामशरण खड्का, गौरीनाथ ढकाल, दुर्गा रिमाल, बिनुबाबा घिमिरे, राजनबिक्रम थापा, जनार्दन अधिकारी धड्कन, भगवती रोका भूमिका, श्यामप्रसाद ढुङ्गाना, आस्था अविचल मणि, हरिप्रसाद पाण्डे तथा जितु खड्का हुनुहुन्थ्यो । संस्थाका महासचिव जगदिश्वर पोखरेलले संस्थाको गतिविधिका बारेमा चर्चा गर्दै स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । 

संस्थाका वरिष्ठ सल्लाहाकार तथा समाजसेवी कृष्णबहादुर साहु श्रेष्ठले साहित्यको संबर्धनको लागि योगदान गर्ने चाहना व्यक्त गर्नु भयो । सभाका अध्यक्ष तथा संस्थाका उपाध्यक्ष भुवनहरि सिग्देलले संस्थाको भावी कार्ययोजना तथा कविताका बारेमा आफ्ना धारणा व्यक्त गर्नुहुँदै सहभागीहरूलाई धन्यवाद दिएर सभा विसर्जन गर्नु भएको थियो । कार्यसमितिकी सदस्य दुर्गा रिमालले आकर्षक शैलीबाट कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x