साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म दुब्लाउनुको रहस्य

Nepal Telecom ad

गत सालको पौष महिनामा म नेपाल छोडेर विदेश गएको केही महिनामा नै मेरो तौल निक्कै घट्यो । मेरा छोरा बुहारी अचम्ममा परे, हैन ड्याडीको तौल कसरी एकाएक घट्यो भन्न height= लागे । म पनि केही समय त अचम्म परें र दङ्ग पनि । {{read_more}} तौल घटाउन सफल भएकोमा मैले आफूलाई नै धन्यवाद  दिएँ । पेट पनि बिस्तारै घैँटोबाट गाग्रो हुँदै आयो । म पहिलाभन्दा तरुनो पो हुँदै आएँ । यो सब हुनुको श्रेय मैले आफ्नो बिहानी हिडाईलाई दिएँ । नहिँड्या पनि त होइन । बिहान नियमित एक घण्टा हिँडेकै हुन्थेँ । म नेपालबाट अस्ट्रेलिया पुग्दा अठहत्तर किलोको थिएँ, बिस्तारै एक एक किलो गर्दै दश महिनामा दशै किलो घटेर अडसठ्ठी किलोको भएँ । एक दिन मेरो नेपाल फर्किने दिन आयो म फर्किएँ । 

जब मैले मेरो देशको माटो टेकेँ मलाई मेरो देशको गौरवशाली माटोको धुलोले बिमानस्थल देखि नै स्वागत गर्न थाल्यो । स्वागत नगरोस् पनि किन म आफ्नो माटोको मायालाई अंगाल्न जो आएको थिएँ । म बिमानस्थलबाट घरसम्म आइपुग्दा झण्डै पौने किलो धुलोले मलाई अंकमाल गरिसकेको थियो । मलाई भने धुलोको सुवासले हाच्छिउँ आउन थालिसकेको थियो । कारण धेरै लामो समय मैले मेरो माटोको सुवास सुँघ्न पाएको थिईंन । लगत्तै भोलिपल्टबाट काठमाडौंका सडक गल्लीहरूको धुलोसँगको भेटघाट बडाउन थालेँ । धुलोले यति अंकमाल गर्न थाल्यो  कुरा नगरौं कत्रो माया यिनीहरूको म माथि । घरमा आएर ज्याकेट खोली टक्टक्याउँदा पाउ जति त सधै झर्ने गर्छ । पाइन्टमा उत्तिकै झुण्डिएको हुन्छ । सँगै बसेखाएका आफ्नाहरूले म विदेशबाट स्वदेश लाग्न जहाज चडे लगत्तै बिर्सिए होलान् तर यो धुलोले तेत्रो समय छोड्दा पनि मलाई बिर्सिएको रहेनछ । धन्य मेरो प्यारो मातृभूमीका धुलो लव यु अल । यो त भयो मसँग टाँसिएका धुलोको कुरा । अब बिहान घरबाट निस्किएदेखि बेलुका घर छिर्दासम्म अनेक कुना, घुम्ती अनि चौबाटोहरूमा मलाई च्वाप्प म्वाईं खाँदा मैले निलेको धुलोको कुरा गरौं । त्यस अवधिमा कम्तिमा पनि आधा किलो त मैले निलेकै हुन्छु होला । त्यसैले त मलाई दिउँसो भोक पटक्कै नलागेको । जब मैले यो कुरा बुझें अनि पो मेरो तौल घट्दै जानुको रहस्य आफैले फेला पारेँ । मेरा प्रिय मातृभूमीका यो मायालु धुलोलाई छोडेर त्यो धुलो भनेको कस्तो हुन्छ देख्न नपाइने ठाउँमा बिहानी हिडाईमा निस्किँदा कताबाट तौल कायम रहोस् र नघट्नलाई । 

ल्फिण्डर्सका डाँडा होस् वा सेफर्ड हिल्स वा मिचेल पार्क वरपर हिँड्दा होस् अनि पारलोईका लिवरेटर ड्राईभदेखि जेनेरल ड्राईभ हुँदै बर्टन रोड घुमेर आउँदा होस् घुलो कहिँकतै खान पाइएको होइन । सायद विदेशी भनेर होला मलाई कहिँकतै धुलोले म्वाईं पनि खाएन । हप्ताभरी लगाएको कपडा खोलेर टक्टक्याउँदा अलिकति पनि धुलो झरेन । जाबो अलिकति पनि धुलो नझर्ने ठाउँमा किन तौल नघटोस् । बिचरा छोरा बुहारीलाई के थाहा र मेरो तौल घट्दा अचम्भित नहोउन् । अब बिस्तारै तौलको सांकेतिक सुईले मेरो सारीरिक तौलको अंकलाई चडाउँदै छ अनि गाग्रे पेटलाई घैटाकृती गर्दैछ । तर प्लीज मेरो प्रिय धुलो मलाई मेरो तौलको भारी नबोकाऊ, बरु कुपोषण खप्न तयार छु मलाई यही तौल कायम राख्न मद्धत गर, म तिमीहरूको प्रेममा किन्चित बिचलन आउन दिनेछुईंन यो मेरो बाचा भयो ।  जय होस मेरो देशको धुलोको ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
अभाव

अभाव

शेषराज भट्टराई
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x