साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तन्नेरीको ताल

Nepal Telecom ad

हरेक प्राणी आ–आफ्नै तालका हुन्छन् । आफ्नै तालको हुनु उसको आन्तरिक अन्तर्निहित विशेषता हो । {{read_more}} चतुर मानव कसैको फतुर सहँदैन । उसको आफ्नो डम्फू  height=छुट्टाछुट्टै तालमा बजिरहेको हुन्छ । मानव एक भए तापनि विविधतामा रमाइरहेका हुन्छन् । कोही गणितज्ञ हुन्छन् त कोही मणितज्ञ । कोही धनतज्ञ हुन्छन् त कोही मनतज्ञ । कोही घडितज्ञ हुन्छन् त कोही बडितज्ञ । कोही बालतज्ञ हुन्छन् त कोही वृद्धतज्ञ । कोही खानीतज्ञ हुन्छन् त कोही जवानीतज्ञ । खानीतज्ञ, भूतज्ञ, तरुनीतज्ञ, तन्नेरीतज्ञ– यी भए उमेर चढ्दै गएपछि बढ्दै जाने ज्ञानगुनका अलग अस्तित्वहरू । जन्मिँदै अलग आचरण अँगालामा हालेर जन्मिएका हुन्छन् । तब त आचरणको बोझ बिसाउँदा च्याँहार च्याँहार चिच्याएर रुने गर्छन् । तर बालतज्ञहरू चाहिँ नाल काट्ने बित्तिकै उधोमुन्टो पारेर घाँटी खोलेको भन्दै पैतालामा ड्याम कि ड्याम बजाउँछन् । मान्छेले जन्मिने बित्तिकै पिटाइखानु पर्छ । तब त मानव सङ्घर्षको शुरुआत यहीँबाट हुन्छ ।

ज्योतिषीहरू गणितज्ञ मानिन्छन् । दूरदृष्टि, भविष्यद्रष्टा । जगत सृष्टि शुरुआत गर्ने ब्रह्मा सर्जक । मानवमर्मज्ञहरू हिजो पनि जन्मिएका थिए, जन्मिएका छन् र जन्मिन्छन् पनि । जन्मभूमि स्वादिष्ट होस् या कलविष तितो, अनेक सङ्घर्ष व्रmमभङ्ग नभई चलिरहन्छ । कसैलाई भ्रम छ होला म बाहेक यहाँ कोही छैन र कसैको अस्तित्व पनि छैन । तर राजा मरेर देश शून्य हुँदैन । बरु आफू मरे डुमै राजा चाहिँ निरन्तर भइरहन्छ ।

स्वभाव÷आचरण अनेक भएता पनि तरुनी तन्नेरीको ताल एकै काँटाका मानिन्छन् । उमेर अनुसारको स्वभाव । आफ्नै ताल, माल, दाल, चाल, ढाल र सालका हुन्छन् । मानिसको डिएनए फरक भए जस्तै ताल पनि पृथक हुन्छ । आनीबानी, आचरण, स्वभाव, हाउभाउ, ताल परिवारभित्रकै आचरणहरू हुन् । आफूभन्दा भिन्न आचरणको लाग्नासाथ मान्छेले मान्छेलाई भन्ने गर्छन् ‘कस्तो तालको र छ’ वा ताल ठिक लागेन भने पनि भन्ने गर्छन् ‘कस्तो बेतालको र छ’ । अथवा ‘ऊ आफ्नै तालको छ’ भनेर पनि पन्छिन्छन् ।

तन्नेरी बलबुताले भरिएकाहरू ताछतुछ मारपिट मच्चाएर वा पाखुरी बजाएर पनि सम्पत्ति जोड्न सक्छन् भने वृद्धवृद्धा कटेरो, कुटी, बासस्थान छोडेर हड्डी बजाउन कता जाने ? यिनै यस्तै बाहुबलधारी तरुनी तन्नेरीको तालको परिधिमा रहि आफ्नो लेखकीय पौरख प्रस्तुत गर्ने जमर्को गरेको छु । धेरैजसो भुक्तभोगीहरू आफ्नो जानकारीमा आएका यावत पक्षका बारेमा गुपचुप समय गुजारी राखेका हुन्छन् । यो नितान्त गलत पक्ष हो त्यसैले यो बबुरो चाहिँ स्वविवेकको सदुपयोग गर्दै जिन्दगीका उज्यालो, अँध्यारो, अप्ठ्यारो, सजिलो, गारो, सारो, साँगुरो, अनेक अचम्म र उधेकलाग्दा, असहज लाग्दा परिरवेश भावी तन्नेरी पुस्तालाई अवगत गराउनु कलमको धर्म ठानेको छु ।

कुनै कलमजीवी वा कलाकारले व्यावहारिक बोझ या घर धान्न धौ धौ परेर छटपटी रहँदा जीवनसंगिनीको करकर सहने क्षमतार्जन गर्न नसकेर वा समाजमा अलग अस्तित्व निर्माण गर्न नसकेको झोंक, चक्कर र ठक्करले बाध्य हुन्छन् घरबास छोड्न । अक्करमा परेर ठक्कर खाएकै मौकामा समाजले ठोकुवा गर्छ लेखक, पत्रकार, साहित्यकार आफ्नै धुन र आफ्नै तालका हुन्छन् । तर यथार्थ अर्कै हुन्छ । हातखुट्टा, मुख बजाएर खाने भन्दा कलम घुमाएर खानेको व्यथा विकट हुन्छ । आपत् विपत परेर, मन मरेर, देह डढेर भस्म भइसक्यो । नैराश्यको अन्तिम टुङ्गोमा पुगेर गलेपासोको शरण पर्ने बेला भइसक्यो तर कसैले कठै भन्ने वाला छैनन् । सायद यदि हो चरम सहरीकरणको प्रतिफल । मान्छेको ताल फरक हुँदा नै अर्काको हाल बताउन सकिँदैन । तैपनि मानव मर्मज्ञको बरदान मिलेको छ भने तालमा तैरिँदा तैरिँदै हाल कति पानीमा छ पत्ता लाग्न पनि सक्छ ।

एउटाको ताल अर्कासँग दुरुस्त नमिल्दा हरेस खानु पर्दैन । प्राणी अलग आचरणले व्यष्ठित हुन्छ । वृद्धवृद्धाको आचरण वा ताल दालमा हुरुक्क हुने र भजन कृतनमा फुरुक्क हुने हुन्छ । धर्मकर्म, दान, दक्षिणा परोपकारमा समय सिध्याउन मरिहत्ते गर्छन् । बालक केटा केटीको ताल मह, मिठाई, मिश्री आदि जता गुलियो उतै भूलियो गर्ने खालको हुन्छ । मस्त तरुनी तन्नेरीहरू ‘लडेँ लडेँ लडेँ म त लौन समाउ’ भन्दै नाचिराखेका हुन्छन् । यसैगरी प्राणी पिच्छेको तालको अन्तर पनि अनन्त नै हुन्छ ।

स्वास्नी सुत्केरी व्यथाले क¥याप च्याप पारेर अइया आथो गरिराख्दा मध्य बैंशमा उनी नभए जुनी अधुरो, अपुरो, अधकल्चो, अस्तव्यस्त भएर मर्छुझैँ मरिहत्ते गर्ने महामहिमहरू समस्याको कुनै फिव्रmी नगरी ज्यान फालेर मोबाइल घोकी राखेका हुन्छन् । दुधे बालक दुधको लाम्टो चुस्न नपाएर घाँटी सुकाउँदै रोइराखेको हुन्छ तर मातृवात्सल्य रित्तिएर आमाको हातबाट मोबाइल छुट्दैन । हलमा फिल्म हेर्न जान्छन् काखे बालकको मुत्रनलीको टुप्पो बाँधेर पिसाब निरोधकका उपाय निकाल्ने आधुनिक महिलाहरू हाम्रै वरिपरि छन् । लाम्टो चुसाउँदा शरीर झ्याम्टो हुने साँगुरो सोचाइले ग्रस्त बधुहरू बट्टाका अस्वस्थ पाउडर पिलाइ राखेका हुन्छन् । यही होला सायद आधुनिकताको चरमोत्कर्ष । बिरामी बाबु आमा तातो पानी तातो पानी भन्दै धोव्रmो फुट्ने गरी चिच्याई रहेका हुन्छन् तर तन्नेरीका कानमा कोचिएको ईयरफोन निस्किँदैन । यही झन्झटले बाबुआमाको सिहार सुसार र घरको लुतेधन्दामा लाग्नुभन्दा विदेश पलायन हुनु उत्तम ठान्छन् । आमाको लाम्टो चुसेर भएन बाबुको घुँडो । विदेशको दहीभन्दा आफ्नै देशको मोही मिठो भनेर तन्नेरीलाई बोलायो दाम्लो छिनाएर उम्किएको डिंगो के सुन्थ्यो ।

कसैको ताल कसैसँग मिल्नुपर्छ भन्ने छैन, यो पनि प्रजातन्त्रको एउटा पाटो र बाटो हो । तन्नेरीहरू फाटेको र टालेको बस्त्र लगाएर सभ्यता र शानको अस्त्र फालिरहेका छन् अङ्ग्रेजी बोल्दा विशिष्ट कोटीको अब्बल र नेपाली बोल्दा दोयमको दाबी गरिरहेका छन् । विकसित देशमा दुई छाक भात एक रात बास बसेपछि आफूलाई उच्च कोटीको सम्झिने संस्कारको दिन प्रतिदिन विकास भइरहेको छ । दुधे बालकलाई होस्टेल राख्नु र वृद्ध बा आमालाई वृद्धाश्रममा शरण लिन बाध्य पार्नु नवतन्नेरीको तौरतरिका देखेर धन भएका तर मन नभएकाहरू सिको गर्नमा शिखर चुमिरहेका छन् । सुन्नु सबको गर्नु मनको भन्ने भनाइ जायज हो तापनि के ठिक के बेठिक विवेकले छुट्याउन सकियो भने शान, मान, जस र दुनियाले हाइ हाइ गर्छन् नत्र सबैले बाइबाइ गर्छन् । वर्षौ विदेश भासिएर जोसिलो पोसिलो जाँगर उतै सिध्याएर धुकधुकी र कंकाल ज्यान लिएर फर्किएको अशक्त तनमन के काम ? सशक्त हुँदा अर्कालाई अशक्त हुँदा आफूलाई ? कसले मान्ने कसले स्विकार्ने ? मौजुदा श्रीमती बैंस र बिरहले लट्ठीएर सात पोइला जाने बेला भइसक्यो बाबु आमाको बातलाई लात मार्न आनन्द मान्छन् । भविष्यका कर्णाधार, वृद्ध बा आमाका बुढेसकालका लाठी, देश विकासका धरोहर, समाज परिवर्तनका संवाहक, स्वदेशमै सिन्को नभाँचेर बल हुँदा नाच्दै हिँड्ने अस्थिर मनस्थितिले ग्रस्त यही हो तन्नेरीको ताल ? विचार गर्नुहोस् है आउला नि आफैतिर अवगाल ।

शिवशक्ति मार्ग, फूलबारी ११
पोखरा, कास्की
फोन ९८०६६७७५९४

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x