साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टोखा–बूढानीलकण्ठको संयुक्त कवि सम्मेलन

Nepal Telecom ad

काठमाडौँ, मङ्सिर १५ । टोखा तथा बूढानीलकण्ठ नगरपालिकाको स्थापना दिवसको अवसरमा टोखा तथा बूढानीलकण्ठ नगरपालिका काठमाडौँले संयुक्त रूपमा कवि सम्मेलनको आयोजना ग¥यो । {{read_more}} यस नगरपालिका क्षेत्रभित्र बसोबास गर्नुहुने कवि एवम् लेखकहरूसँग परिचय, भेटघाट र कवितावाचनको उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सुख, दुःखलाई बिर्सिएर सबैले आआफ्नो जिम्मेवारी पूरा गरे समृद्ध नेपाल र सुखी नेपालीको नारा सम्भव छ, भन्नुभयो । ‘स्रष्टाहरू समाजका ऐना हुन्, तिनका सिर्जनाले समृद्धिको बाटो देखाउनुपर्छ’ प्रमुख अतिथि पौडेलले भन्नुभयो, ‘सष्टा, सर्जकले नकारात्मक कुरालाई बढाएर आफ्ना ग्राहक, समर्थक बढाउनेभन्दा देशको भलो हुने कुरामा उनका कलम र विचार बढ्नुपर्छ ।’ कसैलाई गाली गरेरमात्र देशको विकास सम्भव छैन, पौडेलले भन्नुभयो । 

कार्यक्रमका संयोजक तथा काठमाडौँ क्षेत्र नं. ५, प्रदेश नं. ३ का सभासद् दीपक निरौलाले टोखा तथा बूढानीलकण्ठ नगरपालिकालाई पर्यटन पूर्वाधारसँग जोड्न साइक्लिङ्, हाइकिङ्, भेटघाट–छलफल जस्ता विभिन्न कार्यक्रमहरूमा कवि सम्मेलन ५ औँ कार्यक्रम रहेको बताउनुभयो । ‘यस क्षेत्रमा छरिएर रहेका स्रष्टाका विचारहरूलाई एक ठाउँमा जम्मा गर्ने यसको उद्देश्य हो’, सभासद् निरौलाले भन्नुभयो । यहाँका पर्यटकीय स्थलहरूको जानकारी र आपसी चिनजान यसको अर्को उद्देश्य हो भन्दै साहित्यको क्षेत्रबाट पनि विकास र समृद्धिलाई टेवा दिनसकियोस् भनेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

कवि सम्मेलनमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डंगोल, बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, उपमेयर रमादेवी राई, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, डा.रामप्रसाद ज्ञवाली, डा. सत्यराज थपलिया, प्राज्ञ सुलोचना मानन्धर, कवि लक्ष्मी उप्रेती, उमेश पाण्डे, वासुदेव अधिकारी, आर.एम.डंगोल, भारद्वाज मित्र, दिनेश पाण्डे, तारा के.सी., धरणीधर गुरागाई, केशवराज पाठकले कार्यक्रममा आफ्ना सिर्जना वाचन गर्नुभएको थियो । 

त्यसैगरी उक्त कवि सम्मेलनमा ओमकार नेपाल, पुरुषोत्तम नेपाल, किसुन कुमार के.सी., विनोद चालिसे, अनिता लामा, गणेश मिश्र, अन्जु विष्ट, लव खड्का, क्रान्ति शिखा धिताल,प्रताप चालिसे, शिवप्रसाद श्रेष्ठ, प्रदीप खनाल, नारायण नेपाल, अनिता श्रेष्ठ, ललिता श्रेष्ठ, पुण्यराज पुडासैनी, ध्रुव खनाल, पुष्पा भण्डारी, धनबहादुर खाती, बेनीबहादुर थापालगायतले आफ्ना कविताहरू सुनाउनुभएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x