साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको छयतराैँ अनुष्ठान 

Nepal Telecom ad

२०७५ मङ्सिर १५ गते शनिवार लक्ष्मीनारायण मन्दिर सन्तोषीनगरमा अनुपम सिर्जना प्रतिष्ठान नेपालको छयहत्तरौँ रचना वाचन सम्पन्न भयो । प्रतिष्ठानले कार्यक्रमको  height=आकर्षण बढाउन हरेक महिना फरक विधामा रचना वाचन शुरू गरेको छ । {{read_more}} वर्षको आठौँ महिनामा मुक्तक विधाको पालो परेको हुँदा सोही विधालाई प्राथमिकता दिइयो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति थियो । 

संस्थाका महासचिव जगदीश्वर पोखरेल ज्यूको अध्यक्षतामा मुक्तक वाचन भव्य रूपमा सम्पन्न भयो । काठमाडौं  उपत्याकाको पश्चिम भागमा रहेको एक मात्र साहित्यिक संस्थामा रोचक ढङ्गबाट स्रष्टाहरूले रचना वाचन गरे । रचनाहरू राष्ट्रभक्ति भावले भरिपूर्ण भएका, जनचेतना मूलक ,सामाजिक बिक्रिति बिरुद्धका विषयमा प्रहार गरिएका थिए । 

भजनघरमा रचना वाचन कार्यक्रम भएकोले सबै भन्दा पहिला ज्ञानु सुवेदी, विष्णु पोखरेल, निर्माल खनाल, रमा रिमाल, सावित्री सुवेदी र कालीचरण बस्नेतले भजन गाउनु भएको थियो । त्यसपछि मात्र रचना वाचन प्रारम्भ भएको थियो ।  

सो अबसरमा रचना वाचन गर्नेमा निर्मल पराजुली, रुद्र अधिकारी, श्रीधर पौडेल, बिनुबाबा घिमिरे, कालीचरण बस्नेत, जगदीश्वर पोखरेल, यज्ञप्रसाद सेढाई, पूर्णप्रसाद पन्त, रामप्रसाद जोशी, भाग्यशाली अधिकारी, सूर्यकुमार पण्डित, बालकृष्ण सुवेदी, स्वस्तिका बडाल, शिवप्रसाद आचार्य, सूर्यवदना पण्डित, बासुदेव आचार्य, जनकराज अधिकारी, दुर्गा रिमाल, सानु शर्मा, लक्ष्मी बस्नेत, देवकी ढुङ्गाना र पदम दोङ्ग हुनु हुन्थ्यो । सो अवसरमा भद्र श्रोताको भूमिका निर्वाह गर्नेमा नानीमाया पोखरेल, चित्रमाया मिश्र, फूलमाया शाही जगन्नाथ सिग्देल हुनु हुन्थ्यो ।

कार्यसमितिका सदस्य सूर्यकुमार पण्डितले स्वागत मन्तव्य पस्किनु भएको थियो । सभाध्यक्ष जगदीश्वर पोखरेलले अनुपमले हरेक महिनामा फरक विधामा रचना वाचन गराएर नयाँ कार्यको थालनी गरेको छ । यस्ता कार्यक्रमले स्रष्टाहरूलाई सबै विधामा अभ्स्त बनाउँछ र सिर्जनशील क्षमता बढाउँछ । संस्थाले फरक विधामा रचना वाचन कार्यलाई निरन्तरता दिने छ । हेमन्त ऋतुको कहर सहेर रचना वाचन कार्य सफल बनाइ दिनु भएकोमा सहभागी स्रष्टाहरूलाई हार्दिक धन्यवाद दिनु भयो । निशुल्का हल उपलब्ध गराउने लक्ष्मीनारायण मन्दिर व्यवस्थापन परिषद्लाई धन्यवाद दिदै सभा विसर्जन गर्नु भयो । कार्यसमितिकी सदस्य दुर्गा रिमाल अधिकारीले आकर्षक शैलीमा कार्यक्रम सञ्चालन गर्नु भएको थियो । सो अवसरमा सम्झनाको लागि सामुहिक छवि पनि खिचिएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x