साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुसतिघ्रे मन्त्री बनेछ

Nepal Telecom ad

पढ्थ्यौँ इस्कुलमा संगै मसंग नै जान्थ्यो संगै आउँथ्यो
बाटामा लफडा कुरा गरिगरी उफ्रेर चिच्याउँथ्यो
कक्षामा पनि शान्तसंग नबसी हैरान पार्थ्यो तनि
मन्त्री बन्न पुगेछ हेर् त मसिने ! त्यो भूसतिघ्रे पनि

पढ्दा ध्यान दिँदैनथ्यो खुसुखुसु के के कुरा गर्दथ्यो
कक्षाभित्र चलेर दिक्क उसले पार्थ्यो र टेर्दैनथ्यो
केही भन्न हुँदैनथ्यो जति जता जे जे गरेतापनि
मन्त्री बन्न पुगेछ हेर् त मसिने ! त्यो भूसतिघ्रे पनि

कक्षामा उ सधै पछाडितिरको बस्थ्यो नि भित्तातिर
सोधेमा गुरुले कुनै दिनै पनी भन्दैनथ्यो उत्तर
लन्ठुदास थियो, भनेर उसले मानेन कैल्यै पनि
मन्त्री बन्न पुगेछ हेर् त मसिने ! त्यो भूसतिघ्रे पनि

कैल्यै पढ्न र लेख्न ध्यान उसको जादैनथ्यो, मूढ हो
केही मत्लब नै थिएन अरुको, स्वार्थी महामूर्ख हो
छट्टु हो तनि जातिबित्ति अघिकै, ढाँट्थ्यो कुरा जे पनि
मन्त्री बन्न पुगेछ हेर् त मसिने ! त्यो भूसतिघ्रे पनि

कापि पुस्तक चोर्नमा खपिस हो, पैसा पनि चोर्दथ्यो
कैयौं पल्ट त पक्डियो, अफिसमा कार्बाहिमा पर्दथ्यो
नौ जाले र अचम्मकोअघि थियो, उस्तै छ ऐले पनि
मन्त्री बन्न पुगेछ हेर् त मसिने ! त्यो भूसतिघ्रे पनि

नौमा फेल भयो र संगठनमा लागेछ पार्टीतिर
मुड्किको बल चाहिए अघि त्यही हुन्थ्यो र फोर्थ्यो शिर
केही बोल्न सिकेछ ढाँट्न सजिलै जानेछ त्यस्ले पनि
मन्त्री बन्न पुगेछ हेर् त मसिने ! त्यो भूसतिघ्रे पनि

बलेटक्सार- ३, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वन्दे

वन्दे

नारद गौतम
भतिजलाई पत्र

भतिजलाई पत्र

नारद गौतम
दुई ठोकान 

दुई ठोकान 

नारद गौतम
ठोक्तकको बथान

ठोक्तकको बथान

नारद गौतम
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x