साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झूर कविता

Nepal Telecom ad

उसले मेरो कवितालाई
‘वाह’ भन्यो

ताली बजायो
उत्साहले करायो

जब मैले पढ्दै गरिरहेँ कविता
ऊ कराइरह्यो
‘वाह,
‘वाह’

उसको आँखामा थियो
कविताको आनन्द

उसले मुन्टो हल्लायो
र लय हाल्यो

जब मैले पढ्दै गरिरहेको
कविताको अन्तिम हरफहरुबाट
निस्क्यो पसिनाको हरक
र उसको कोटको पफ्र्युमलाई
मिचेर
कवि गोष्ठीभरि उठ्यो
कविताको सास

उसले दुवै हातले छोप्न पुग्यो
आफ्नो भद्र नाक

र ऊ हतासिएर
निस्क्यो कवि गोष्ठीबाट बाहिर

‘झूर,
साह्रै झूर ।’

ऊ बर्बरायो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x