अनिल श्रेष्ठझूर कविता
उसले मेरो कवितालाई
‘वाह’ भन्यो
ताली बजायो
उत्साहले करायो
जब मैले पढ्दै गरिरहेँ कविता
ऊ कराइरह्यो
‘वाह,
‘वाह’
उसको आँखामा थियो
कविताको आनन्द
उसले मुन्टो हल्लायो
र लय हाल्यो
जब मैले पढ्दै गरिरहेको
कविताको अन्तिम हरफहरुबाट
निस्क्यो पसिनाको हरक
र उसको कोटको पफ्र्युमलाई
मिचेर
कवि गोष्ठीभरि उठ्यो
कविताको सास
उसले दुवै हातले छोप्न पुग्यो
आफ्नो भद्र नाक
र ऊ हतासिएर
निस्क्यो कवि गोष्ठीबाट बाहिर
‘झूर,
साह्रै झूर ।’
ऊ बर्बरायो ।
Subscribe
Login
0 Comments
Oldest









































