साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होली नआओस् अब

Nepal Telecom ad

 height=नेपाली मनमा कुनै विषहरू घोली नआओस् भनी
सुम्पेँ यो शुभकामना, रगतको होली नआओस् भनी {{read_more}}

सम्झी बादल लाग्न खोज्छ गहमा काँप्छन् परेलीहरू
फुल्दैनन् किन खै बगान बिचका कैयौं चमेलीहरू
खुल्दो आगतले व्यथा विगतको घोली नआओस् अब
मेरो आँगनमा बगी रगतको होली नआओस् अब
।१।

कैयौं जीवन टल्किने जल बनी छन् कर्कलो–पातमा
आँखामा सपना, खुसी अधरमा, छैनन् चुरा हातमा
भो सिन्दूर चुरा बगाउन कुनै खोली नआओस् अब
मेरो आँगनमा बगी रगतको होली नआओस् अब
।२।

जल्दैछन् कति अग्निमा कहरका निर्दोष डोलीहरू
ढल्दैछन् कति कोपिला सरहका आक्रान्त चोलीहरू
ज्यादै दुर्बल उध्रिने समयको चोली नआओस् अब
मेरो आँगनमा बगी रगतको होली नआओस् अब
।३।

प्यारो देश चिथोर्दछन् लुकिलुकी निर्लज्ज बोलीहरू
हान्दैछन् कति देशको वदनमा लोला र लोलीहरू
नेपालीपन खस्किने नियतको लोली नआओस् अब
मेरो आँगनमा बगी रगतको होली नआओस् अब
।४।

एकैसाथ मिली बसून् हृदयमा रारा र फेवाहरू
डाकोस् आगतका सफा गगनले सेता परेवाहरू
बोकी बन्दुक बुद्धको अवनिमा गोली नआओस् अब
मेरो आँगनमा बगी रगतको होली नआओस् अब
।५।

पञ्चेश्वर–६, बिजुल, बैतडी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x