सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

होली नआओस् अब

Nepal Telecom ad

 height=नेपाली मनमा कुनै विषहरू घोली नआओस् भनी
सुम्पेँ यो शुभकामना, रगतको होली नआओस् भनी {{read_more}}

सम्झी बादल लाग्न खोज्छ गहमा काँप्छन् परेलीहरू
फुल्दैनन् किन खै बगान बिचका कैयौं चमेलीहरू
खुल्दो आगतले व्यथा विगतको घोली नआओस् अब
मेरो आँगनमा बगी रगतको होली नआओस् अब
।१।

कैयौं जीवन टल्किने जल बनी छन् कर्कलो–पातमा
आँखामा सपना, खुसी अधरमा, छैनन् चुरा हातमा
भो सिन्दूर चुरा बगाउन कुनै खोली नआओस् अब
मेरो आँगनमा बगी रगतको होली नआओस् अब
।२।

जल्दैछन् कति अग्निमा कहरका निर्दोष डोलीहरू
ढल्दैछन् कति कोपिला सरहका आक्रान्त चोलीहरू
ज्यादै दुर्बल उध्रिने समयको चोली नआओस् अब
मेरो आँगनमा बगी रगतको होली नआओस् अब
।३।

प्यारो देश चिथोर्दछन् लुकिलुकी निर्लज्ज बोलीहरू
हान्दैछन् कति देशको वदनमा लोला र लोलीहरू
नेपालीपन खस्किने नियतको लोली नआओस् अब
मेरो आँगनमा बगी रगतको होली नआओस् अब
।४।

एकैसाथ मिली बसून् हृदयमा रारा र फेवाहरू
डाकोस् आगतका सफा गगनले सेता परेवाहरू
बोकी बन्दुक बुद्धको अवनिमा गोली नआओस् अब
मेरो आँगनमा बगी रगतको होली नआओस् अब
।५।

पञ्चेश्वर–६, बिजुल, बैतडी
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अर्बहारा

अर्बहारा

हिरा भट्ट
प्रेमपत्र

प्रेमपत्र

हिरा भट्ट
गिलासमा देश

गिलासमा देश

हिरा भट्ट
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’