बुढाबुढी हराए

 height=पैसा बुढाबुढीका कस्मेटिक पसलले खाए
बुढाबुढी हराए, जब ब्युटीपार्लर आए । {{read_more}}
 
न कपाल कसैको फुल्छ, न दाँतै कसैको झर्छ,
न फुलो परेको आँखा, न चाउरी नै देखा पर्छ,
न तालुखुइले कोही छ, छैनन् कोही थोता–थोती
फेशन अझ अचम्मै— कुन भाले, कुन हो पोथी ?
 
स्कुल, पार्टी, पिकनिक, गल्ली, कुना, शहरमा–
ठिटाठिटीले भ्याएस बुढाबुढी जति क्लिनिकमा ।
प्रवचन, पुराण कता छ ? भोलि त्यहीँ नै भेटौंला
इयररिङ्ग झिकेर आउनू, हियरिङ्ग एड लगाउँला ।
 
बुढी गन्हाउँछे ठूसठूस, नुहाए रङ्ग गइजान्छ
बुढाको पेट खराब छ, पाउडर जो धेरै खान्छ ।
बाल्दाबाल्दा अगरबत्ती, धुवैँधुवाँ छ घरमा
गन्ध लुकोस् कतिन्जेल, धुवाँ सुँघाएको भरमा ?
 
पैसा बुढाबुढीका कस्मेटिक पसलले खाए
बुढाबुढी हराए, जब ब्युटीपार्लर आए ।
 

देशको नेता बन्ला कि भन्ने डर लाग्छ

देशको नेता बन्ला कि...

चट्याङ मास्टर
कर तिर्नु

कर तिर्नु

चट्याङ मास्टर
खास कुरो के हो ?

खास कुरो के हो...

चट्याङ मास्टर
देशको नेता बन्ला कि भन्ने डर लाग्छ

देशको नेता बन्ला कि...

चट्याङ मास्टर
चम्चा चिन्तन

चम्चा चिन्तन

नरनाथ लुइँटेल
कर तिर्नु

कर तिर्नु

चट्याङ मास्टर
के रे ? नेतालाई चोर भन्छन् रे ?

के रे ? नेतालाई...

फित्काैली