साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको १२ औँ स्थापना दिवस

Nepal Telecom ad

माघ १८ गते शनिबार । सुरभि साहित्य प्रतिष्ठानको १२ औँ स्थापना दिवस तथा ११३ औँ आख्यान वाचन कार्यक्रम र वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । {{read_more}} height= 

प्रतिष्ठानका संरक्षक तथा वरिष्ठ पत्रकार एवम् साहित्यकार विजय चालिसेको सभापतित्वमा सम्पन्न यो कार्यक्रमका प्रमुख अतिथि प्रा. गोपीकृष्ण शर्मा हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा कलानिधि दाहाल, सुरभि साहित्य प्रतिष्ठानका संरक्षक द्वय युवराज मैनाली र वेदमणि घिमिरे, डा. विदुर चालिसे, डा. शेषराज आचार्य, प्रह्लाद पोखरेल, गायत्री चापागाईं, कणाद महर्षि, गोपाल बराल, वसन्त रिजाल र मुना उपाध्याय हुनुहुन्थ्यो । कार्यक्रममा वार्षिक पुरस्कार समेत वितरण गरिएको थियो । जसमा सुरभि आख्यान पुरस्कार २०७५– डा. राजेन्द्र विमललाई, सुरभि बाजुराम आख्यान साधना पुरस्कार २०७६– अनिता तुलाधरलाई, सुरभि प्रह्लाद नारी आख्यान पुुरस्कार २०७६– रञ्जु खनाललाई र सुलेख आख्यान प्रतिभा पुरस्कार २०७५– पवित्रा अधिकारीलाई प्रदान गरिएको थियो । पुरस्कृत व्यक्तिहरुले प्रमाण–पत्र, दोसल्ला र १५००५।– १५००५।– १०००५।– र ७००५ नगद रुपैयाँ क्रमशः प्राप्त गरेका थिए । सुरभि साहित्य प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले पुरस्कृत व्यक्तिहरुको परिचय प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा डा. शेषराज आचार्य, रञ्जना पराजुली, सुशील आचार्य, कणाद महर्षि, गङ्गा भेटवाल र महेशकुमार वाग्लेले कथा वाचन गर्नुभएको थियो । त्यस्तै पुरस्कृत व्यक्तिहरु अनिता तुलाधर र पवित्रा अधिकारीले पुरस्कृतको तर्फबाट मन्तव्य दिएर आ–आफ्ना कथा वाचन गर्नुभएको थियो भने डा. राजेन्द्र विमलको कथा प्रह्लाद पोखरेलले वाचन गर्नुभएको थियो । डा. राजेन्द्र विमलका सुपुत्र डा. आभाष लाभले गीत गाउनुभएको थियो । 

सुरभि साहित्य प्रतिष्ठानका संरक्षक द्वय वेदमणि घिमिरे र युवराज मैनाली, डा. विदुर चालिसे, कलानिधि दाहाल, प्रह्लाद पोखरेलले शुभकामना मन्तव्य दिनुभएको थियो भने प्रमुख अतिथि प्रा. गोपीकृष्ण शर्माले शुभकामना दिँदै सुरभि साहित्य प्रतिष्ठानले कथा वाचन कार्यक्रमको थालनी गरेर धेरै कथाकारहरु जन्माएकोे बताउनुभयो । वहाँले आख्यानको क्षेत्रमा सुरभिले गरेको कार्यको मूल्याङ्कन हुनुपर्ने समेत बताउनुभयो । 

दिउँसो १ बजे सुरु भएको यस कार्यक्रममा सुरभिका अध्यक्षले सुरभि साहित्य प्रतिष्ठानको प्रगति विवरणसहित स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रमको सञ्चालन सुरुमा सुरभिका सचिव अच्युत घिमिरेले र मध्यपछि परशुराम पराशरले गर्नुभएको थियो । कार्यक्रममा सुरभि साहित्य प्रतिष्ठानका नयाँ आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

–पर्शुराम परासर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x