साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘ख’ पुराण

Nepal Telecom ad

खुँडे खुमबहादुर खड्का र खैरे खैरे खालको खम्बालाल खत्री खैनी खाँदै, खञ्च्याङ्–खञ्च्याङ् खुट्टा खोच्याउँदै खसी किन्नको खातिर खलंगाबाट खुर्सानी खोलाछेउको खरिपाटीतिर खुर्मुरिएछन् । खुर्सानीखोला छेउको खुन्तुरे बुढाकोमा ख्वाङ ख्वाङ खोक्दै पुगेर खुइय गर्दै खटियामा खुट्टा खसालेर खच्याक्क बसेपछि खैरे खत्री र खुँडे खड्कालाई खुन्तुरेले खाना खाको न खाको खोजिनिति गरे । खासमा खाना भन्दानी खानेपानीले खलखल पसीनाको खोलो खकालेर खकालेसी खानेपानी खाएसी खाना खान खञ्चुवा खैरे र खुँडे गए । खानामा नि खिर र खित्रीकमित्रीक खानेकुरा । खाना खाँदाखादैँ खत्री ख्यारख्यार खसखसाउन थाले । खोटाङका ख्याउटे खोपील्टो परेका खुमबहादुर खुलाल र खेमप्रसाद खनालले खसीलाई खल्तीबाट खनखनी खुद्रा गन्दानि खुसी नभएको खुस्केट खुन्तुरे खैरे र खुँडेलाई चाहिँ खाना खुवाएर ख्यालख्यालमै खुसुक्क खसी बेच्न खोज्दैछ ।
खाना खाएसी ख्वाङख्वाङ खोक्दै खुरापाती खुन्तुरेबुढाले खैरे र खुँडेलाई खोरको खसी देखायो । खै खै, लौ खानकी खुवाउन नपुगेझैँ खसीको ख्याउटे खालको खुट्टा र खाली पेटमा खोपिल्टोझैं खाल्डिएको रहेछ । खसीको खुट्टाको खुरनेर खोइरोले खाएर खुरै खसेको रहेछ, खुर खसेको खोपील्टोबाट खलखली खुन खसिराथ्यो । खल्तीबाट खनखनी खुद्रा खोष्टा खन्याएर खसी खोज्दै खुर्सानीबारीतिर खुर्मुरिएका खैरे खत्री र खुँडे खड्काले खिन्न भएर खसी नकिनेसी खुर्सानी खोलाछेउको खुन्तुरे बुढा खङ्ग्रङग भएर खसीको खोर छेउबाट खुर्सानी बारीको खाडलमा खर्लम्मै खुर्मुरिएर खुत्रुकै । खुर्सानी खोला छेउको खेतमा खनिरहेका खेतालाहरू खुङ्खार खतरा खुन्तुरेको खुब खतरा धाक खोक्ने खोकाइ खैरे र खुडेले खल्बल्याइदिए, खुच्चिङ्ग खुच्चिङ्ग । भन्दै खितखित हाँसोले खोलाखेत र खोरियाबारी थर्काएछन् भन्ने खबर खरिपाटीका खुङ्खार खरिदार तालुखुइले खगेन्द्र खतिवडाको खनाति खुसिनाथ खतिवडाले खेतमा खन्दाखेरी खुब खत्रासँग खितितिति गर्दै खुरू खुरू पोल खोल्यो ।
खुशीनाथले खुसिसाथ खतितिती गर्दै खुन्तुरेको कुरा खोतल्यो, खुन्तुरे खाग–तस्करीमा खाग खोज्न, खैरो हेरोइनको खुद्रव्यापारमा खुङ्खार खुनी रहेछ । खुर्सानीखोलाछेउको खेतमा खुइँखुइँ खनिरहेका खेतालाहरूले नि खुन्तुरेको पोल खोलेका । खुन्तुरे त, खुकुरीले खति हुने गर ख्वाम्म खोपेर खोपिल्टोमा खारेको खुर्सानी खुइलेको छालाभरी खन्याउनुपर्ने खालको रे । खुन्तुरेलाई त खाँबोमा खिलले खोपेर खोलाखोलै खेद्दै खातेलाई खुत्रुकै पार्नुपर्छ ,भन्दै खेतालाहरू खलबलखलबल गर्थे । खुशिनाथले खैरे खम्बालाल खत्री, खुडे खुमबहादुर खड्का, खुन्तुरे खुलाल र खुर्सानीखोला खेतका खेतालाको खाँटी फोटो खिचेर खरिपाटीका खेतालालाई देखायो । खेतालाहरू त खितिति खितिती ।

चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
0
Would love your thoughts, please comment.x
()
x