साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गलत लाग्छ मलाई मेरो देशको इतिहास

Nepal Telecom ad

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो बाटोको बीचमा माटो खनेेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यो भूकम्पपीडित मन्दिर
र ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधैँ त्यही– सधैँ उस्तै र
सधैँ एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास
जब म
असङ्ख्य सीताहरुलाई सधैँ
बाटो–दोबाटोमा,
गल्ली–गल्लीमा,
देश–विदेशमा,
यूक्लिप्टसका रुखझैँ नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल चूपचाप उभिएका
आफ्नो आत्माको गीत झारेर
तब मलाई गरुँ–गरुँ झैँ लाग्छ
आफ्नै रगतको उपहास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लिहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सूुन्छु: अमरसिंह काँगडासम्म बढेको कुरा
सूुन्छु: तेन्जिङले सगरमाथा चढेको कुरा
सूुन्छु: बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सूुन्छु: अर्निकाले कलाले विश्व–मन हरेको कुरा
सूुन्छु: सधैँ सुन्छु र केवल सुन्छु
तर मलाई
हुँदैन विश्वास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास।

\’चिराक\’ २०१७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हामी

हामी

भूपी शेरचन
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
हामी

हामी

भूपी शेरचन
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x