साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज नेपाल बन्द छ

Nepal Telecom ad

रामे दोकान खोल्दैन भन्छ नेपाल बन्द छ
श्यामे अफिस जाँदैन भन्छ नेपाल बन्द छ
गाडी चल्दैन बिर्खेको भन्छ नेपाल बन्द छ
हर्के कलेज जाँदैन आज नेपाल बन्द छ ।

आज डाक्टरको बन्द बैद्यको भोलि बन्द छ
ज्योतिषी भन्दछन् पर्सि फेरि नेपाल बन्द छ
पत्रकार समाचार लेख्छन् ‘नेपाल बन्द छ’
कविजी कविता लेख्छन् व्यर्थ ‘नेपाल बन्द छ’ ।

आज बाँदरको बन्द स्यालको भोलि बन्द छ
परेवा कुखुरा हाँस सबको मुख बन्द छ
छ भोलि बाघको बन्द सिंहको पर्सि बन्द छ
दुधालु गाइ भैंसी र बाख्राको मुख बन्द छ ।

‘क्या मज्जा जानु पल्दैन आज इत्कुल बन्द थ’
साना नानी रमाएर भन्छन् नेपाल बन्द छ
बन्दमा बन्दकर्ताले इट्टा ढुंगा समाउँछन्
अर्काको घर या गाडी फोड्छन् नाम कमाउँछन् ।

सुत्केरी हुन गाडीमा जो अस्पताल आउँछन्
बाटोमा रूख ढालेर गाडी रोक्छन् रमाउँछन्
निर्दयी पशुको ठूलो चाड ‘नेपाल बन्द’ छ
बाच्छा मिचेर साँढेले भन्छन् नेपाल बन्द छ ।

खुल्ला छ त यहाँ खुल्ला आर्यघाट छ केवल
माथि जाने भए खुल्ला, बन्द बाँच्ने भए तल
अग्लो सगरमाथाको देश नेपाल बन्द छ
के ठान्दा हुन् बिदेशीले सधैं नेपाल बन्द छ ।

देशको गीत गाएर नथाक्ने पनि भन्दछ
‘देशको हितको निम्ति आज नेपाल बन्द छ’
आजै बन्द छ नेपाल भोलि नेपाल बन्द छ
लाजै लाग्छ सधैं मेरो देश नेपाल बन्द छ ।

बन्दैबन्द गरी कुन्नि कसरी देश बन्दछ
अचम्मै लाग्छ नेता हूँ भन्नेले बन्छ भन्दछ
म भन्छु कसरी देश बन्द गरेर बन्दछ ?
बन्द गर्नेहरू भन्छन् बन्दै गरेर बन्दछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x