केशवराज अर्याल ‘निश्चल’‘ग’ पुराण
गण्डकी गोरखाबाट गाइने गौरवबहादुर गन्धर्व गानो गोला , ग्याष्ट्रिकले गर्दा गाउँबाट गुन्द्रुक, गेडागुडी, गुँदपाक, गरममसला, गिठा, गोलभेडा र गुन्द्रीहरू गाडीमा गुटुमुटु गरेर गोरखाको गाउँबाट गाडीमा गोंगबु, गल्कोपाखा हुँदै गौशालाको गाइनेदाइ गगन गन्धर्वकोमा ग्याष्ट्रिकको उपचार गराउन ग्यास्ट्रोलोजिस्ट खोज्दै गुटुङगुटुङ गर्दै गएछ ।
गाइनेदाजु गगन गन्धर्वचाहिँ गायक बन्न गीत गाउने गतिलो गिदी गुथेर गैरीगाउँ, गौशाला, गैरिधारा, गल्फुटार, गल्कोपाखा, गंगबु, गोठाटार, गौरीघाट, गैरीधारा आदि ठाउँमा गएर गितार गन्काउँदै ‘ग्याङनम स्टाइल’…‘गैरी खेतको शिर.’…‘गोरे गोरे मुखडेमे’ जस्ता गाना गाइसकेछ । गाना गाउन गएसी गौशालाको गुणलक्ष्मी गहना गृहमा गर्दागदैको गहनाको गतिलो कामबाट गहना गृहसाहुले गहना गृहबाट गन्धर्व गगनलाई गलहत्याइदिएछ गाठें ,गित गाउन गएकोले
गौरव र गगन गोधूलिमा गितार गन्काएर गाना गाउँदै गफ पनि गर्थे । “गौरव यो गिद्धैगिद्धको गल्लीहरूमा गरिब गाउँलेहरूले गाँस जुटाउन काम गरी खाँदा गल्लीका गिद्ध, गुण्डा गुरिल्लाहरूले गल्लीमा गाँजा तान्दै गुइए गफ गरेर गरिबको गाँस लुट्नु गर्नु नगर्नु गर्छन् रे । ”
गौरबले नि गोरखापत्र हेर्दै गाउँको गफ गाफ गर्दा गीता, गुइँठे, गोकर्ने, गोकुल, गुनकेसरी, गोथे, गौरी, गोमाहरूबारे नि गफ ग¥यो । गौरव भन्थ्यो – “गाउँका गाई गोरूका गोठालाहरूले गोठमा गाई गोरूको गोदाम लगाएर गिलो गोबर सोहोरेर गह्नाएको गुहिए हातमा गाँजा र गुट्खा गुट्ख्याउँदै गिता गौतम, गंगा गजुरेललाई गिज्याउन गएछन् रे । गिता गौतमलाई गाउँकै गिरेन्द्र गुरूङ र गोकुलले गुरिल्लाहरूले गुलाफको फूल, गाजल र गुन्यूचोली गुपचुप साथ दिँदा गाउँकै गुरू गोविन्दराज गिरीले गाउँलेहरूलाई गितामाथि गरेको गल्तीबारे गम्भीरसाथ गफ गरिदिएछन् ।
गाउँलेले गधाहरूलाई गोरूझैँ गोद्दै गर्दा गोरखानगरबाट गुटुङगुटुङ गर्दै आएका गणेश गणका गुइठेजवानहरूले गणको गौरव गर्दै गिज्याउने पारामा गोथे, गोकुले, गोकर्ने, गिरे र गुइठेहरूलाई गालै गालामा गोदेर गम्भीरताकासाथ गाडिमा गुटमुट्याएर गएछन् । ”
गाउँलेहरू चाहिँ गुरिल्लाहरूको गल्तीलाई गिज्याउँदै गाँइगुई गफ गर्थे रे । “गोरखाको गाउँ गाउँमा नि गजबको गणतन्त्र लागेछ ।”
चारघरे, नुवाकोट
Subscribe
Login
0 Comments
Oldest







































