शेषकान्त गौतममुस्कुरायो
घुम्टो खोल्दा चँदुवाको फूल मुस्कुरायो,
प्यास बोल्दा जरूवाको मूल मुस्कुरायो ।
ताल थियो परेलीमा ओँठ नाच्न थाले,
बैँश घोल्दा लठुवाको भूल मुस्कुरायो ।
पर्दाभित्र वार्ता चल्दा उही कर्ता थियो,
पर्दा खुल्दा तलुवाको धूल मुस्कुरायो ।
दिउसो चैँ साधु बन्ने राती कोल चाट्ने,
उस्तै उस्ता भतुवाको हूल मुस्कुरायो ।
अन्योलको आहालमा घचेटेर देश,
तिनै पानीमरूवाको कूल मुस्कुरायो ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest










































