साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काइदाको लोडसेडिङ

Nepal Telecom ad

बाटाछेउ बाँस बारबेर बस्तीको बहिरो बहिदारको बहिखाताको व्यहोरा अनुसार नयाँ नेपालको विभिन्न नयाँ पहिचान विश्वमा व्याप्त भैराखेको छ भन्ने ज्ञात हुँदा नवीन नेपालीको पुरानो घिरौंले नाकले अग्लेर झन्डै सहर बीचको सुगन्धित् पर्वतलाई पनि जितेको र यत्रो ठूलो ढुकुरे छाती पनि झनै फुलेर भ्यागुतोको भुँडीजस्तै भएको भन्या ! के के होलान् त्यस्ता रेकर्डतोड कुरा भन्नुहोला, भनेर साध्य भए पो, के के मात्रै भन्नु खै ? त्यसमध्येमा पनि सबैलाई अति मन पर्ने चौतर्फी फाइदैफाइदा भएको काइदाको कुरा हो लोडसेडिङ ।
हामी नामुद नेपाली भएर त्यस्तो जाबो दोस्रो स्थानमा बस्ने हौं र ? हामी त पहिलो हुन्छौं, पहिलो । त्यसैले त विश्वको जलस्रोतमा दोस्रो भयौं भनेर अनेक प्रपञ्चले बल्लबल्ल लोडसेडिङमा चैं सबैलाई पछारेर प्रथमै भएर छाड्यौं बा ! बधाई छ हामीलाई ! लौ अब हेरौं त यसमा कसले जित्दो रहेछ हामी नयाँ नेपालका नेपालीलाई । कसैले च्यालेन्ज नगरे हुन्छ नत्र बार बल्ड्याङ् खाएर चार चित हुनु पर्ला, बेलैमा भन्द्या छ है !
आ मा मा मा ! लोडसेडिङका फाइदाका बारेमा बयानै गरेर सकिन्न भन्या ! एउटा दुर्ईटा मात्रै भए पो ! छँदा खाँदाको बत्ती निभाएर क्यान्डल लाइट डिनर गर्नेहरूलाई डाहा गराउनै भए पनि केही फाइदाको बारेमा त चर्चा नगरी भएन बा !
एकातिर टि.भी. सिरियलमा के भयो होला ? भन्ने था पाउने चाहले एक आपसमा मेलजोल र कुराकानी गर्ने अवसर बढाएको छ भने अर्कोतर्फ रिमोट खोसाखोस गर्दा पर्ने झगडा नै बन्द भएको छ । छोराछोरी कम्प्युटर र टि.भी.मा भुलेर पढ्दैपढ्दैनन् भन्ने बाबुआमाको पीरलो ‘न रहे बाँस न बजे मुरली’ भएको छ । समाचार था पाउन हेर्ने र सुन्ने हैन पढ्नै पर्ने हुनाले पत्रिकाको बिक्री बढेर पत्रिका पसलेलाई फाइदा भएको छ ।
यसैगरी बिजुली बिना नचल्ने कम्प्युटर, कलकारखाना आदिमा खटेर काम गर्नेहरूलाई आराम गर्ने स्वर्ण अवसर मिलेको छ । विद्यार्थीलाई नपढ्ने र होमवर्क नगर्ने बहाना लोडसेडिङ भएको छ । बालकदेखि बूढासम्म सबैले कुरा गर्ने विषय पाएका छन् । ध्वनि प्रदूषण कम भएको छ । कसैलाई करेन्ट लाग्ला कि भन्ने टेन्सनै छैन । मध्य रातसम्म म्यारिजमा मस्त हुने महासयहरू छिटै घर आउँदा प्रतीक्षारत् पत्नी मख्ख छन् । सुकिला प्रेमीहरूलाई सम्साँझै सैय्यारोहण भै स्वप्न लोकमा सैर गर्ने सुअवसर लोडसेडिङको कृपाले प्राप्त भएको छ ।
लोडसेडिङ रुपि वरदानले चल्ने ‘चिटिटी च्याट्ट अनि झ्याप्प’ हुने मैनबत्ती उद्योगी, औंसीमा किन्यो पूर्णेसम्ममा बिग्री सक्ने इमरजेन्सी लाइट, इन्भर्टर बिक्रेता आदि मौकामा चौका हान्दा चिल्लो तालुमा विकासे आलु फस्टाएकाले दङ्थ परेर सधैं यस्तै होस् भनी प्रार्थना गर्दैछन् ।
खुसुक्क आएर सुटुक्क भाग्न खोज्दा अरूले थाहा पाई ‘को हो ?’ भन्दै टर्चलाइट खोज्न लाग्दा कुम्लो बोकी लोडसेडिङ जिन्दावाद भन्दै कुलेलम ठोक्न पाउदा सुरुक्क सोरसार पार्न पल्केका मिहिनेती सुरवीर चोरजीहरूको मनोरथ पूर्ण गर्न लोडसेडिङले झर्को नमानी सक्दो सहयोग गरेर ठूलो पुन्यको काम गरेको छ ।
बिजुलीको प्रयोग कम भएपछि बिल पनि कम भयो होला भन्ठान्नुभ’को छ भने धन्दा नमान्नुस् खल्ती भारी भएर ग्राहकलाई भार पर्ला भनेर उपभोक्ताको हितलाई मध्ये नजर गर्दै बिद्युत प्राधिकरणले हाललाई बिल चैं सके बढी नभए यथावतै कायम राखेको छ ।
यस्तो फाइदाकारी पुस्टकारीजस्तो बेला मौकामा लोडसेडिङ नहँुदा बच्चालाई दसैं आए झैं सबैलाई सित्तैमा खुसी प्राप्त भई आपूmलाई भाग्यमानी ठान्ने सुअवसर मिलेको अजब नेपालको गजबको झल्झलाकार झिलिक्क अनि झ्याप्प झ्याप्प झुप्प मिलिक्क लोडसेडिङ कार्यक्रमले निरन्तरता पाउनै पर्छ नत्र फेरि बिरोध गर्दै जनता जनार्दनको जोरदार जनध्वनि र जुलुस निस्कन बेर छैन नि !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x