अँध्यारो गुफा फोडेर
मलाई बाहिर छिँडीको
चिसो सिरेटोमा छाडेर
उज्यालो खोज्ने बहानामा
गुफामा छिरेर
टुकीको लाउकामा
न्यानो राप ताप्दैमा
तिमीले- म उज्यालो भएँ
उ- अध्यारै रह्यो भन्ठाने पनि
टार्न सक्दैन टुकीले
चिर अँध्यारोलाई
उज्यालो त्यहाँ छ
जहाँ देखिन्छ पारदर्शी मनले
चम्किला घाम र जून
जुन दिन हामीले
अँध्यारो गुफा फोडेर
पाइला टेकेका थियौँ संसारमा
त्यही नै थियो उज्यालोको सुरुवात !