साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रजातन्त्रका शब्द खाएर हुन्न

Nepal Telecom ad

परेको छ सद्दै कुरामात्र सुन्न
छ हैरान सुन्दा नयाँ काम हुन्न
बनेछन् सिपालु श्रमी जाल बुन्न
प्रजातन्त्रका शब्द खाएर हुन्न ।

छ नेता हरामी सधै भूmट बोल्छ
निशर्मी छ साले बिगारेर डोल्छ
चलाखी गरेको छ आवाज थुन्न
प्रजातन्त्रका शब्द खाएर हुन्न ।

अनेकौँ बहाना बनाएर ढाँट्यो
कुतर्की बनेरै कुरामात्र काट्यो
नजाती भयो भोट हालेर चुन्न
प्रजातन्त्रका शब्द खाएर हुन्न ।

अभागीहरूको पनी भाग्य खुल्छ
सबै दीनता पन्छिई देश फुल्छ
भन्यो, आशमा बल्झिएँ, भन्छु रुन्न
प्रजातन्त्रका शब्द खाएर हुन्न ।

चरी ढाँट्न जान्दैन बोल्दैछ साँचो
यिनी दुष्ट नेता सधै ढाँट्न माचो
म रोएर के भो कसैलाइ छुन्न !
प्रजातन्त्रका शब्द खाएर हुन्न ।

बलेटक्सार, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वन्दे

वन्दे

नारद गौतम
भतिजलाई पत्र

भतिजलाई पत्र

नारद गौतम
दुई ठोकान 

दुई ठोकान 

नारद गौतम
ठोक्तकको बथान

ठोक्तकको बथान

नारद गौतम
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x