साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुशासन कि घुशासन ?

Nepal Telecom ad

यो प्रश्न गर्ने कुरै होइन । देश, काल परिस्थिति न्याय नेता नैतिकता शासक शासित आदि सबैलाई हेरेर उनका व्ययहारलाई बुझेर भनिने कुरो हो । यो बबुरा लेखककै मुखबाट किन सुन्नुपरेको हो ? सुशासन भनौँ सुन्नेमान्छे रिसाउला, घुशासन भनौँ खाने मान्छे रिसाउला । कसरी छुट्याउने कुशासन र कुशासन ? नेताले बोलेको कुरो गर्न नपर्ने र लेखक पत्रकारले देखेको कुरो लेख्न नपाउने जमानालाई पनि जनाइरहनु पर्छ र ? हेरेरै जान्नु पर्छ ।
न्यायाधीशले न्याय हेर्न दसबीस वर्ष लगाए पनि मान्छे हेरेर न्याय दिएकै छन् । शासकले सेवाग्राहीलाई त्राही पारेर वल्लो टेबुलको कुरोलाई पल्लो टेबुलमा सारेर अफ्ठ्यारोमा पारेर, सकेसम्म झारेर काम कुरो छिटोछरितो पारेकै छन् । डाक्टरहरूले बिरामीको रोगको अवस्थाभन्दा पनि रोगीको आर्थिक अवस्था हेरेर प्राइभेट ल्किनिकमा लगेर पनि आर्थिक उपचार गरेकै छन् । यस्तो स्वतन्त्र र स्वच्छन्द अवस्थाको शासनव्यवस्थालाई बेवास्ता भनेर कसरी कुशासन र घुशासन भन्ने ?
सडकप्रशासनको तडकभडककै कुरा गरौँ । सडकप्रहरीका सनकले छनकफनक गरेर चालकबाई चङ्गुलमा च्यापेर चापचुप पारेकै छन् । सडकनै सांराज्य जमाएको ट्राफिकलाई फिस नदिए रिस र खुसुक्क दिए खिसिक्क हाँस्नु पनि एउटा सुशासनकै नमुना माने हुने भएको छ । हाम्रा शासनन, कुशासनका त ‘पुरौ शैली पुरानै थैली’ अरु मुलुकमा पो चालकले गल्ती गरेनगरेको यन्त्रले देखाउँछ त हामीकहाँ त नोटले देखाउँछ । उपत्यकाका यातायात विभागका कर्मचारीहरू पनि सुशासन चलाउन पाएसम्म मोटरसाइकल, गाडी हल्लाउन पाइने फाँटतिर जान आँट गरेको, त्यसक्षेत्रमा दलाल बढेको, त्यस कार्यालयप्रमुखले मुख खोलेरै ‘असुरक्षा र अराजकताले गर्दा दलाल हटाउन सकिएन’ भनेको पनि एउटा सुशासनकै नमुना माने हुने रहेछ । घाउ फोहोर भए कीरा पर्छ, कार्यालय फोहोर भए दलाल बढ्छ’ भन्थे । यसलाई घुसाशन भनेर लेखक पत्रकारले बोल्ने स्वर्गीय स्वतन्त्रताप्रति वर्तमान सरकारलाई हेरेर मौनधारण मात्र गरौँ ।
सुशासन राष्ट्रव्यापी हुनुपर्छ भनेर आजकाल गुणस्तर गुमचुममा गुफाभित्र गुडुल्किएको छ, नापतौलले मोटाएँ भनेर आफ्नो तौल घटाइरहेको छ, बजार व्यवस्थाले बेवास्ता गरेको, कसैले भुडी भरेको प्रमाण भेटिन भनेर न्यायले निच्च दाँत देखाएर आँत खोलेको सुशासनकै सङ्केत होइन र ?
अधिकारको त कुरै नगरौँ । सु र कु शासनमा कसैका अधिकार खोसिएको छैन । जतिजना डनलाई डगाउनु छ उतिजना नेतालाई मुलुकबाहिर भगाउनुपर्ने भएकोले यस्ता स्वच्छन्द अधिकारलाई समान मात्र होइन सम्मान नै दिएको छ । उता पुरुषजातिले एकाधिकार जमाए भनेर महिलाले महिलाकै अधिकार खोस्न सौतामाथि पोइल जाने अधिकार खुलेआम दिँदा पनि कतिपयले आँट गरेनन् भनेर नेताकै छोराहरूलाई नमुना बनाएर वहुपत्नी सुशासनको नमुना देखाइसकेकै छन् । अब पुरुषको अधिकार खोस्न पाँचैजना एउटै पोइसित पोइल जान पाइने सुशासन त देखिएकै छ । यस नमुनाबाट महिलाले थिचियौँ मिचियौँ भन्न पाएनन् थिचिन त गएकै हुन् । सके थिच नसके थिचियौ । यो पनि स्वतन्त्रता नै हो ! नेता जहाँकोतही, संविधान कहीँनकहीँ, चोरभ्रष्टाचारीलाई जहाँतहीँ, गरिव जनतालाई केहीनकेही हुनु पनि सुशासनकै नमुना हो ।
उता शिक्षामा समान हक भनेर होला कतिपय प्राइभेट शिक्षणसंस्थाले मनलागेजति फिस लिएर कालो अक्षर पढाई सेतो धन कमाएकै छन् । सरकारले बेरोजगार युवाशक्तिलाई रोजगार निषेध गरेर बाहिर जाने स्वतन्त्रता दिएकै छ । मुलुकको विकास गर्ने ठेक्का र जिम्मा विदेशलाई दिएकै छ । अब यो भन्दा अर्को सुशासनको नमुना के पो हुन सक्छ र ? हालको मुलुकको शासनमा ‘कु’ छ कि छैन भनेर सोध्ने अधिकार कानुनमा छ छैन उसै भन्न नसकिएकाले मुलुकको कुशासन र घुसाशन छुट्याउने काम प्रिय पाठक र भुक्तभोगी वर्गलाई नै सुम्पनुपर्ला भन्ने हामीलाई लागिरहेको छ ।

ट्याङ्ला, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकाकै खेल, टाउके नै खेलाडी !

टाउकाकै खेल, टाउके नै...

घिमिरे ‘मैदेली’
धन्य नेता नेपालका !

धन्य नेता नेपालका !

घिमिरे ‘मैदेली’
सुशासन कि घुशासन ?

सुशासन कि घुशासन ?

घिमिरे ‘मैदेली’
कुर्सी, कमिसन र प्रशासन

कुर्सी, कमिसन र प्रशासन

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x