साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थपिथपी खाइरहन्छन्

Nepal Telecom ad

ती पुरानै अनुहार, आइरहन्छन् ।
पटकपटक मौका तिनै, पाइरहन्छन् ।

यता उता, तल माथि, उठबस गर्दै,
सधैंभरि जनतालाई, दाइरहन्छन् ।

जनतामा कर् कर् गरी, “कर” असुलेर,
पालैपालो थपिथपी, खाइरहन्छन् ।

पाँच वर्ष चिन्दैन क्वै, फेरि किच्च गर्दै,
“मत” माग्न मात्रै गाउँ, जाइरहन्छन् ।

एउटा माखो नमारेर, लाज पचाउँदै,
चिप्लो घस्दै फेरि साइनो, लाइरहन्छन् ।

०००
२०७९/०७/०५/०७/
माई न. पा.- १०, लुम्बाक, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x