साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ थान ठाेक्तक

सुतेका छन् जाग्दैनन् सुमरेका साँढेहरु थलो छोडी भाग्दैनन् सुमरेका साँढेहरु

Nepal Telecom ad

शिव अधिकारी :

१.
किन्ने र बेच्नेको मोलतोल भयो
मोलतोल गराइले भद्रगोल भयो
सबैलाई परिपञ्च गर्न नजानेर
कतैतिर चोक्टा कतैतिर झोल भयो ।

२.
पहिले त आफूभित्र रहर हुनुपर्छ
अनि मात्र प्रीति गाँस्ने ठहर हुनुपर्छ
करैकरले प्रीति गाँस्ने लहड भयो भने
खल्तीभित्र एक खुराक जहर हुनुपर्छ ।

३.
असल कर्म गर्नुछैन उँगिराख्या देख्छु
अर्तीबुद्धि दिनेलाई ठुँगिराख्या देख्छु
गाई पाल्ने जाँगर छैन दूधको तिर्सनाले
त्यो बोकाको टाँगमुनि रुँगिराख्या देख्छु ।

४.
भाँडभैलो भएको छ थिति बिगारेर
विवादमा सारा नियम नीति बिगारेर
आइपर्ने कुनै कुरा समाधान छैन
श्रीदेखि सुरु गरी इति बिगारेर ।

५.
अन्धाधुन्ध अहिले मेरो काल शून्य भयो
न कुखुरा न हाँसको, चाल शून्य भयो
चट्याङजस्तै कुबेलामा दैव लागेपछि
बाँकी यही जिन्दगीको हाल शून्य भयो ।

६.
सुतेका छन् जाग्दैनन् सुमरेका साँढेहरु
थलो छोडी भाग्दैनन् सुमरेका साँढेहरु
छेउ भन्दा भित्तो लाग्छन् भित्तो भन्दा छेउ
कहिल्यै मलो लाग्दैनन् यी सुमरेका साँढेहरु ।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x