साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘इलामे जेठो’का पाँच ठोक्तक

सानासाना नानी बाबु, दिनैदिन खोज्छन् छैनहोला आफ्नो घरमा, खानपिन खोज्छन् बाबू उता खाडीमा छ, चर्को घाम चुस्दै, परिवारले साहुसँग, यता ऋण खोज्छन् ।

Nepal Telecom ad

१.
यता झ्याल भयो छिर्ने, उता दैलो भयो
बाहिर मडारिन्छ कुहिरो, कैलो मैलो भयो
के नपुगेर जनतालाई, यत्रो त्रास दिँदै,
यति विघ्न मुलुकमा, भाँडभैलो भयो ?

२.
केही काम हुन्न हजुर ! अल्छी भएपछि
एक् दुई माछा परिहाल्ला, बल्छी भएपछि
दायाँबायाँ, तलमाथि हेर्दै गर्नुपर्छ,
फुत्तै भाग्न मिल्छ हेर, गल्छी भएपछि ।

३.
सानासाना नानी बाबु, दिनैदिन खोज्छन्
छैनहोला आफ्नो घरमा, खानपिन खोज्छन्
बाबू उता खाडीमा छ, चर्को घाम चुस्दै,
परिवारले साहुसँग, यता ऋण खोज्छन् ।

४.
घरमा छ नि पैसा टन्न, खान मिल्दैन
वर्षौं वर्ष लाग्छ गन्न, खान मिल्दैन
पैसै पैसा घरभरी, थुप्रियोस् त मित्र,
घरमा नजुटुञ्जेल् अन्न, खान मिल्दैन ।

५.
सुन्दैछु म उसको गोठमा, बूढो गोरु ब्यायो अरे
त्यो सुनेर छिमेकीले, यसो त्यता च्यायो अरे
त्यतिमात्र कहाँ हो र ? छिमेकीले फेरि थप्यो,
कोशी, काली, गण्डकी र, लाउडा काण्ड भ्यायो अरे ।

०००
माई न.पा.-१०, लुम्बाक, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x