साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्चरो आएको छ

हिजोसम्म मागेर खाने मान्छे, जग्गा दलालीको पेसामा आएपछि, सुकुम्वासी वस्तीमा महल ठड्याएर, भोका नाङ्गालाई देखाई-देखाई खाएको छ ।

Nepal Telecom ad

मेरो गर्धनमा जनै खटिरा आएको छ
थाहा पाएर होला सायद,
बाटो मोडेर हिड्ने मेरो आफन्त,
आज मलाई अँगालो हाल्न आएको छ ।

आफन्त नै शत्रु हुन्छ भन्छन्,
हेर्नुस्न,
खोलाकै ढुङ्गा र बालुवाको बाँध बनाएर,
नदीलाई बाटो मोड्न लगाएको छ ।
आफ्नै हाँगाको बिंड लगाएर,
बन्चरो जङ्गल फाँड्न आएको छ ।

हिजोसम्म आफू हिडुन्जेल,
मुन्टो बटारेर हिँड्ने छिमेकी,
एक्सीडेन्टमा खुट्टा गुमाएपछि
जुत्ता उपहार लिएर भेट्न आएको छ ।

हिजोसम्म मागेर खाने मान्छे,
जग्गा दलालीको पेसामा आएपछि,
सुकुम्वासी वस्तीमा महल ठड्याएर,
भोका नाङ्गालाई देखाई-देखाई खाएको छ ।

हिजोसम्म वाध्यताले च्यातिएको लुगा लगाउँने मान्छे,
शहरमा जागिरे भएर,
टेवलमुनिको कारोवारले सम्पन्न भएपछि,
गरिवलाई गिज्याउँन च्यातिएकै लुगा लाएको छ ।

हिजोसम्म भौतिकवादी भएर,
मन्दिर भत्काउँदै हिँड्ने मान्छे,
आधा उमेरमै एकल भएपछि,
आश्रममा बसेर प्रायश्चितको भजन गाएको छ ।

दिनभरी नैतिकताको पाठ पढाउँने पण्डित,
रात परेपछि भट्टी धाएको छ,
नबोलाएको ठाउँमा आएको छ,
वेस्यालय धाएको छ ।

कस्तो समाजमा हुर्किए छ गाँठे ?
जताततै धोका पाएको छ
हण्डरै हण्डर मात्र खाएको छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले बुझ्लान् नेपालीले ?

कहिले बुझ्लान् नेपालीले ?

शम्भु जमरकट्टेल हेदाङ्ने
म मरेको कथा

म मरेको कथा

शम्भु जमरकट्टेल हेदाङ्ने
अब राजा फर्कनुपर्छ !!

अब राजा फर्कनुपर्छ !!

शम्भु जमरकट्टेल हेदाङ्ने
काे फेल, काे पास

काे फेल, काे पास

शम्भु जमरकट्टेल हेदाङ्ने
देश, नरिवल र बाँदर

देश, नरिवल र बाँदर

शम्भु जमरकट्टेल हेदाङ्ने
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x