साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आ-गो- मन

नेताले नै बिच्छीलाई पूजा-पाठ गरे स्वाभिमानी नेपालीका शिर तल झरे । सत्कारमा भित्रभित्रै चलखेल भयो सरकारको सत्कारमा रमाएर गयो ।

Nepal Telecom ad

आयो सर्प मिथिलामा मुक्तिनाथ ढोगी
भोज भयो भारतमा भन्छन् भुक्तभोगी ।
नाकाबन्दी गराएको बिर्सिएको छैन
जङ्गेपिलर हराएको भेटिएको छैन ।

नेपालमा जन्मिएका बुद्ध नै हुन् शुद्ध
फेरि भन्छ भारतमा जन्मेका हुन् बुद्ध ।
दुई जिब्रे सर्पलाई मान्ने कस्ता नेता ?
धोका पाए पनि फेरि गुथाउने फेटा ।

धोती-कट्टु उचालेर डस्नेलाई ताज ?
जनताले अभिनन्दन् गर्ने किन आज ?
सकस र दकसमा जनता छन् दिक्क
नेपालको सरकार छ उतैतिर ठिक्क ।

दिन्छु भन्छ दिनलाई हात कमाउँछ
आयोजना ओगटेर राख्न रमाउँछ ।
ड्रयागनले गर्ला केही भन्ने मानी डर
गर्छु भन्छ तर छैन भारतको भर ।

गाँठी कुरा जानाजानी नेता हाम्रा बिके
ढिला-सुस्ती गर्न पनि उतैबाट सिके ।
गुरुजस्तै चेला बने, नेपालका नेता
कालो धन्दा गर्नेहरू बनेका छन् सेता ।

नेताले नै बिच्छीलाई पूजा-पाठ गरे
स्वाभिमानी नेपालीका शिर तल झरे ।
सत्कारमा भित्रभित्रै चलखेल भयो
सरकारको सत्कारमा रमाएर गयो ।

आयो सर्प सेनाको साथमा
सुरक्षाको सगरमाथामा ।

०००

नागार्जुन-१, रानीवन, काठमाडौं
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x