साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको १४७ औँ आख्यान वाचन कार्यक्रम

सुरभि साहित्य प्रतिष्ठानको १४७ औँ आख्यान वाचन शृङ्खला सम्पन्न भएको छ ।

Nepal Telecom ad

काठमाडौं, ०७९ चैत्र १८ । सुरभि साहित्य प्रतिष्ठानको १४७ औँ आख्यान वाचन कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यस कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कणाद महर्षि हुुनुहुन्थ्यो भने अतिथिहरूमा प्रतिष्ठानका संरक्षक गोविन्द घिमिरे वेदमणि, कथाकार रमेशजङ्ग थापा, नियात्राकार महेन्द्र चालिसे र समाजसेवी उद्धव रायामाझी हुनुहुन्थ्यो ।

प्रतिष्ठानका सहसचिव मेनका पोखरेल आचार्यले सञ्चालन गरेको यस कार्यक्रममा ११ जना कथाकारहरूले कथा वाचन गर्नुभएको थियो ।

३० जनाको उपस्थितिमा कथावाचन गर्नेहरूमा सुशील आचार्य, शारदा पराजुली, पवित्रा पौडेल, रमेशजङ्ग थापा, विश्व कुइँकेल, लक्ष्मण खतिवडा, अच्युत चालिसे, महेन्द्र चालिसे, गोविन्द घिमिरे वेदमणि, परशुराम पराशर र कणाद महर्षि हुनुहुन्थ्यो ।

दिउँसो १ बजे सञ्चालन भएको यो कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सचिव अच्युत घिमिरेले गर्नुभएको थियो भने वाचित कथाहरूको समीक्षा उपाध्यक्ष परशुराम पराशरले गर्नुभएको थियो ।

०००
– परशुराम पराजुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x