साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश -२०)

वृद्धका विषयमा सब सुन्न पाऊँ । कृत्य मार्ग सजिलो भवमा सजाऊँ ।। वृद्धकै विषय पोख सबै खुलाई । योजनामय बनोस् भव चिन्नलाई।।

Nepal Telecom ad

दीनानाथ पाेख्रेल :

जन्मेमा भाव सङ्ला हृदयतल नयाँ कर्मको सार खुल्छ।
शोभाआभा धराको चयन खुद गरी प्राप्तिको हार झुल्छ।।
मान्छेको सार खुल्ने कृत कर म टिपूँ खुल्छ हाँसो बिचारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।९६।।

मिल्नेछन् प्राप्ति बाटा सहजसित खुली चेतले शक्ति भर्छ।
शैलश्रेणी उठेझैँ मन सगर चढी शान्तिमा प्रेम गर्छ ।।
मान्छे हो मेल पक्री उठ सबल बनी भर्न आफ्नै भकारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।९७।।

सेवा हो योग्य बाटो खुद शिखर चढे गन्छ धर्ती भेलामा ।
मिल्छन् सम्मान ऊर्जा सुरलय बटुली सौख्य मिल्छन् थलामा ।।
पक्रूँ सत्कर्म सङ्लो निज मन दृढ होस् कर्मगङ्गा उमारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।९८।।

खोलून् सन्तान बाटो नियमविधि चुनी चेतले हर्ष भर्छ ।
अप्ठ्यारा कर्मपाटा सहजसित खुली युक्तिले प्रीत भर्छ ।।
कालामैला नराम्रा अनियम पथका दुष्टता दूर सारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।९९।।

चिन्ताटण्टा हटाऊँ सुकृत पथ हिँडी हर्षले साथ दिन्छ ।
जोडूँ सद्भाव सङ्ला युगलय बटुली कर्मले कृत्य चिन्छ ।।
कर्मी आफू बनेमा मृदु सुख घरमा छिर्दछन् यो सकारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।१००।।

भोका रोगी म हेरूँ वचन मृदु दिऊँ बन्धु बन्छन् खुलेर ।
दुर्छे दुर्वाच्य त्यागूँ असल हित गुणी भाव आओस् डुलेर ।।
पारूँ संसार आफ्नो कृत पथ म हिँडूँ सौख्य मिल्छन् विचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।१०१।।

वृद्ध ज्ञान भवकै मनचोर लाग्छन् ।
पढ्दछन् जन खुली गुण दिव्य जाग्छन् ।।
श्राव्य पूर्ण गर वृद्ध सुभाव छाओस् ।
चेतना प्रखर बन्दछ विश्व गाओस् ।।१०२।।

वृद्धका विषयमा सब सुन्न पाऊँ ।
कृत्य मार्ग सजिलो भवमा सजाऊँ ।।
वृद्धकै विषय पोख सबै खुलाई ।
योजनामय बनोस् भव चिन्नलाई।।१०३।।
क्रमश:

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२ इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x