साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक दृश्य !

सान्दाजी उहिले थिए विगतमा गौरी सखी चाहिने, औतारी सुकिलाहरू शठ हुने सत्ता पुगी खाइने, मिल्ला दाम जता उता दनुजले डेरा लिने लोकमा, चिल्ला कार सकार सार रमिता खाने मिली थोकमा !

Nepal Telecom ad

राम्रा वृक्ष खुशी सुखी गगनमा मेस्सी बने घामजी
हाम्रा पीपल वृक्ष विश्व गरिमा आनन्दमा रामजी
चौतारी रुखको अनन्त सुखको सत्ता गयो गाइयो
पेवा खोसिन गो सखी विरहमा भत्ता मजा खाइयो

तारेचार खुशी कुबुद्धि गुरुको राम्राहरू पोखरा
एम्बाप्पे जपियो सुवास थपियो शर्मा रमायो धरा
साथी दूर गयो कुबन्धन गठे भस्मातुरे तालमा
नाचे विश्व सखा उडी गगनमा मीनेन्द्र नेपालमा

सान्दाजी उहिले थिए विगतमा गौरी सखी चाहिने
औतारी सुकिलाहरू शठ हुने सत्ता पुगी खाइने
मिल्ला दाम जता उता दनुजले डेरा लिने लोकमा
चिल्ला कार सकार सार रमिता खाने मिली थोकमा !

दाजी कुन्द मुकुन्द पीर मनमा पौडेल काशी अरे
काशीनाथ गया पुगे विरहमा राजेन्द्र ओली वरे !
सेता वृक्ष रमाउने चलनले सन्देश कस्तो दिने ?
काला काल ढकाल चाल टुहुरो आक्रोश आकाशिने !

शर्मा एक “शराह” हर्कपुरमा श्रीराम लीला वरी
दाजी मित्र बने भने जय सखा एकान्तवासी चरी
के के भो घरमा उता शहरमा घुम्ती उही तीनमा
माया इन्द्र परी चरी गगनमा आफ्ना परे दीनमा !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x