साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठाेक्तक

अब माओ नदेऊ बिपी नदेऊ भो म अघाएँ भन्छन् बा, जे रोपे नि विष फल्यो मानवता फल्ने विचार देऊ ।

Nepal Telecom ad

धर्म तिवारी :


यो सपना पनि घाम जुन जस्तो।
उठाउन नमिल्ने बिस्कुन जस्तो।
मुहान रहेछ मुटु आँखा भएर बग्ने
बनेको छ आँसु मीठो सगुन जस्तो. ।


यो घामले नि धोका दियो यो पानीले पनि।
तिमीले जस्तै धोका दियो जवानीले पनि।
साँझ प्यारो भट्टी प्यारो सराब झनै प्यारो,
किन अचेल बिउँझाउँदैन बिहानीले पनि ।

३्
सोच्छन् अर्कै ख्वामितहरू सोच्नुपर्ने अर्कै थियो।
दाेष लगाउँछन् छिमेकीलाई घर लुट्ने घरकै थियो।
फरक तालमा नाच्नुपर्ने आँगनीलाई बाङ्गो देखे,
हिन्दु मुस्लिम होस् या इसाई अभिनय चर्कै थियो ।


जिन्दगी अझै बाँकी छ र त मुस्कान बाँकी छ।
अरू सबै सकिए पनि स्वाभिमान बाँकी छ।
के पाएँ वा के गुमाएँ यो सब भ्रम हो पक्कै हो,
अझै आस छ जीवन बदलिने वरदान बाँकी छ ।


गरिब मर्दा अब शासक जेल जाने एक इस्तिहार देऊ।
राहत हिजै सकियो सरकार बाँझो खन्न हतियार देऊ।
अब माओ नदेऊ बिपी नदेऊ भो म अघाएँ भन्छन् बा,
जे रोपे नि विष फल्यो मानवता फल्ने विचार देऊ ।

०००
तिवारीभन्ज्याङ, भाेजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x