सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाँच ठाेक्तक

अब माओ नदेऊ बिपी नदेऊ भो म अघाएँ भन्छन् बा, जे रोपे नि विष फल्यो मानवता फल्ने विचार देऊ ।

Nepal Telecom ad

धर्म तिवारी :


यो सपना पनि घाम जुन जस्तो।
उठाउन नमिल्ने बिस्कुन जस्तो।
मुहान रहेछ मुटु आँखा भएर बग्ने
बनेको छ आँसु मीठो सगुन जस्तो. ।


यो घामले नि धोका दियो यो पानीले पनि।
तिमीले जस्तै धोका दियो जवानीले पनि।
साँझ प्यारो भट्टी प्यारो सराब झनै प्यारो,
किन अचेल बिउँझाउँदैन बिहानीले पनि ।

३्
सोच्छन् अर्कै ख्वामितहरू सोच्नुपर्ने अर्कै थियो।
दाेष लगाउँछन् छिमेकीलाई घर लुट्ने घरकै थियो।
फरक तालमा नाच्नुपर्ने आँगनीलाई बाङ्गो देखे,
हिन्दु मुस्लिम होस् या इसाई अभिनय चर्कै थियो ।


जिन्दगी अझै बाँकी छ र त मुस्कान बाँकी छ।
अरू सबै सकिए पनि स्वाभिमान बाँकी छ।
के पाएँ वा के गुमाएँ यो सब भ्रम हो पक्कै हो,
अझै आस छ जीवन बदलिने वरदान बाँकी छ ।


गरिब मर्दा अब शासक जेल जाने एक इस्तिहार देऊ।
राहत हिजै सकियो सरकार बाँझो खन्न हतियार देऊ।
अब माओ नदेऊ बिपी नदेऊ भो म अघाएँ भन्छन् बा,
जे रोपे नि विष फल्यो मानवता फल्ने विचार देऊ ।

०००
तिवारीभन्ज्याङ, भाेजपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बेलाको बोली – ७९

बेलाको बोली – ७९

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

एन बि नेपाली
बेलाको बोली- ७८

बेलाको बोली- ७८

डा. ऋषि बस्ताकाेटी