साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जागिर

“मन्त्रीहरूले एक महिनाको तलब भूकम्प पिडितको लागि सहयोग गर्ने”- रेडियोमा भनेको सुनियो । राकेश र उमेशले एक अर्कोलाई हेर खिस्स हाँसे ।

Nepal Telecom ad

ढाकामोहन बराल :

“जागिर त खाइयो तर मजा आएन । खर्च धान्न नसकिने”- राकेशले भन्यो ।
“त्यही त काठमाडौंको बसाइँ । घर भाडा र गाडी भाडामा सबै सकिन्छ”- उमेशले पनि माइक्रोबस भित्र कुप्रो भएर उभिँदै भन्यो ।

उनीहरू चढेको माइक्रोबसलाई छलेर एउटा मोटर साइरन बजाउँदै अगाडि बढ्यो । “हेर त हामीले तिरेको कर पोलेर धुवाँ उडाएका”- माइक्रोबसको ड्राइभर करायो । माइक्रोबसमा रेडियोमा समाचार बजिरहेको थियो । “मन्त्रीहरूले एक महिनाको तलब भूकम्प पिडितको लागि सहयोग गर्ने”- रेडियोमा भनेको सुनियो ।

राकेश र उमेशले एक अर्कोलाई हेर खिस्स हाँसे । “बस्ने निवास, खाने भात, डुल्ने गाडी र औषधि मुलो पाउने भए के को एक महिनाको ? सधैँको तलब दिइन्थ्यो नि”- राकेशले भन्यो ।

लगातार साइरन बजाउँदै हिँडेका मन्त्रीहरूका गाडीले पुतलीसडक कोलाहल बनेको थियो ।

०००
पोखरा ७ मासबार, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
अत्याधिक

अत्याधिक

ढाकामाेहन बराल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x