साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको व्याकरण

आजसम्म नफेरिएको आमाको व्याकरण अरु जे-जे फेरियोस् नियम कानुन एकचोटि लेखेर नपुग्ने।

Nepal Telecom ad

तेजविलास अधिकारी :

घर चलाउन
सबेरै उठ्नु
कसैप्रति गुनासो नगर्नु
सधैँ बित्यो र बिग्रने भो
सधैँ जाग र जगाऊ
सन्तानप्रतिको प्रेम
अनि
अभावलाई भावमा बद्लेर
आफ्नो प्रभावलाई ढाल्दै जीवन शैलीमा
अफालेर फोस्रो आडम्वर
बरू कताकता
अलिकति अन्धविश्वास
झारफुक,खरानीको टीका
खै ! कस्तो मनोविज्ञान हो ?
छोराछोरीको लागि मात्र होइन
ब्याज पुस्तालाई पनि
बनेर कर्मयोगी उदाहरण ।

आमाको प्रयोग कुशल व्याकरण
नयाँ नियम बनाउने मार्गमा
पुराना तर गतिशील नियमको
नहुने गरि बर्खिलाप
खार्दै दैनिकीबाटै
त्यसैले त
आमा शब्द नै काफी
भरिएको छ महिमाले
प्रेम वितरण गरेर सन्तानमा
कति धेरै शक्तिशाली
आमा ! धर्तीमाता
आमा पृथ्वी
मेरो प्रत्येक प्रश्न
उत्तर बनेर फर्किन्छ मतिरै
आमा फालेर आफ्नो स्वार्थ
बन्दै युगको दार्शनिक ।

आमाले आमाको गरिमा
आमाले आमाको महिमा
बोक्न नसकेको दिन
आमाको व्याकरण
कस्तो बन्ला ममतामयी
रूप अनि स्वरूप
आजसम्म नफेरिएको
आमाको व्याकरण
अरु जे-जे फेरियोस्
नियम कानुन
एकचोटि लेखेर नपुग्ने
एकपटक पढाई गरेर नहुने
पत्रै-पत्र ममताले भिजेको
जीवन-शैली बनेको
आमाको व्याकरण
बुझ्न कठिन
तर मीठो भोगाइ
निःस्वार्थ सृष्टिको
कहिल्यै नमेटिने
अनि
अर्थ लगाउन मुस्किल
आमाको व्याकरण ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x