साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञा-प्रतिष्ठानद्वारा नेपालभाषाका स्रष्टाहरू सम्मानित

स्रष्टाहरू तेजेश्वरबाबु ग्वङ्गः, नारायणदेवी श्रेष्ठ, प्रकाश प्रधानाङ्ग, सुवर्ण शाक्य,नवीन चित्रकार, सत्यभामा माथेमा, प्रा.डा. तुयुबहादुर महर्जन, मथुरा सायमि, अपर्णा प्रधान, सौरभ शाक्य, श्याम आशा र रामेश्वर भुजु गरी १२ जनालाई नगदसहित कदरपत्रद्वारा सम्मान गरियाे ।

Nepal Telecom ad

काठमाडौं, २०८१ माघ १२ । नेपाल प्रज्ञा-प्रतिष्ठान भाषा (मातृभाषा,कोश र व्याकरण) विभागको तत्त्तवाधनमा प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा ‘नेपालभाषाका स्रष्टाहरूलाई कदरपत्र समर्पण’ गरिएको थियो ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर बाचन गरेर कार्यक्रमको समुद्घाटन गर्दै नेपालभाषा, साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका स्रष्टाहरू तेजेश्वरबाबु ग्वङ्गः, नारायणदेवी श्रेष्ठ, प्रकाश प्रधानाङ्ग, सुवर्ण शाक्य,नवीन चित्रकार, सत्यभामा माथेमा, प्रा.डा. तुयुबहादुर महर्जन, मथुरा सायमि, अपर्णा प्रधान, सौरभ शाक्य, श्याम आशा र रामेश्वर भुजु गरी १२ जनालाई नगदसहित कदरपत्रद्वारा सम्मान गर्नुभएको थियो।

यस अवसरमा कुलपति राईले तत्कालीन राज्यसत्ता मातृभाषा प्रति अनुदार रहेको समयमा पनि नेपालभाषा र साहित्यको साधना गर्नु भनेको खास चुनौती, अभियान र आन्दोलन भएको बताउनुभएको थियो। उहाँले प्रज्ञा-प्रतिष्ठानले सम्झिनु भनेको राज्य संयन्त्रले सम्झिएको हो भन्ने बुझ्न जरुरी रहेको बताउनु भएको थियो।

नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ विमल निभाले सदियौँदेखि उत्पीडनमा परेका मातृभाषाका स्रष्टाहरूलाई कदर गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै यो एक प्रतीकात्मक सम्मान रहेको बताउनु भएको थियो ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा साधन र स्रोतको अभावले प्रज्ञा-प्रतिष्ठानका कतिपय ठोस काम गर्न कठिनाइ रहेको बताउनु भएको थियो । उहाँले नेपालभाषामा विशिष्ट योगदान पुर्याएका स्रष्टाहरूलाई मायाको चिनोस्वरूप कदरपत्रसम्म प्रदान गर्न सकिएको बताउँदै मातृभाषाको संरक्षणमा प्रतिबद्ध रहेको बताउनु भएको थियो ।

कार्यक्रमका सभाध्यक्ष, नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा,कोश र व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिव’ले आफ्नो समापन मन्तव्यमा नेपालभाषा साहित्यका ज्येष्ठ स्रष्टालाई प्रज्ञा-प्रतिष्ठानको तर्फबाट कदरपत्रले भने पनि सम्मान गरेर थप हौसला प्रकट गरेको बताउनुभएको थियो । उहाँले यस्ता कार्यक्रमहरू सबै मातृभाषाका स्रष्टासम्म पुर्याउने बताउनु भएको थियो ।

कार्यक्रमको सुरुमा वरिष्ठ कवि त्रिरत्न शाक्यको निधनमा श्रद्धाञ्जली अर्पण गरिएको थियो।कार्यक्रमको सञ्चालन कवयित्री प्रतिसरा सायमि ले गर्नुभएको थियो।

०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x