साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘सङ्गम साहित्य उत्सव २०८२’ को अवसरमा ८ जना स्रष्टा सम्मानित

सम्मानित हुनेहरूमा  कवि अभय श्रेष्ठ, हास्यव्यङ्ग्यकार राजकुमार लामिछाने, कवि टिका आत्रेय, पत्रकार रामकुमार एलन, गजलकार मसान उपासक र समीर पाख्रिन रहेका छन् । 

Nepal Telecom ad

मकवानपुर, २०८२ जेठ १० । साहित्य सङ्गम मकवानपुरद्वारा प्रदान गरिने विभिन्न सम्मानहरूबाट ८ जना स्रष्टाहरू सम्मानित गरिएको छ ।

३५५औँ साहित्य सन्ध्या, सङ्गम स्रष्टा सम्मान, बहस तथा रचना वाचन गरिएको ‘सङ्गम साहित्य उत्सव २०८२’ को अवसरमा साहित्यकारहरू सम्मानित हुनु भएको हो ।
सम्मानित साहित्यकारहरू यसप्रकार रहनु भएको थियोः
१. कवि अभय श्रेष्ठ : साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८०/२०८१  । [पुरस्कार संस्थापकः साहित्य सङ्गम मकवानपुर, राशिः २५ हजार १]
२. हास्यव्यङ्ग्य सर्जक राजकुमार लामिछाने :  (सिस्नुपानी नेपालका निवर्तमान अध्यक्ष) मकवानपुर साहित्यश्री सम्मान २०८१ [पुरस्कार संस्थापकः साहित्य सङ्गम मकवानपुर, राशिः १५ हजार ५ सय ५५]
३. कवि टिका आत्रेय :  भेषनाथ अधिकारी स्मृति साहित्य सम्मान २०८१ । [पुरस्कार संस्थापकः विशाल अधिकारी आशुतोष, राशिः १५ हजार ५ सय ५५]
४. पत्रकार/साहित्य सर्जक रामकुमार एलन :  विनोद-सुनिता सुवेदी साहित्य सम्मान २०८१, [पुरस्कार संस्थापकः विनोद सुवेदी/सुनिता सुवेदी, राशिः ११ हजार १ सय]
५. कवि/गजलकार मसान उपासक :  रामहरि देबु साहित्य सम्मान २०८१, [पुरस्कार संस्थापक ऋषि केबी/पुण्यशिला श्रेष्ठ, राशिः १० हजार]
६. कवि यश लामा :  मुक्ति-तारा साहित्य सम्मान २०८१, [पुरस्कार संस्थापक: मुक्तिगोविन्द वैद्य/तारा वैद्य, राशिः १० हजार]
७. समीर पाख्रिन :  दीपक मुडभरी स्मृति साहित्य सम्मान २०८१, [पुरस्कार संस्थापकः मुडभरी परिवार, राशिः १० हजार]
८. गजलकार/कविः बबी थापा :  मङ्गलादेवी श्रेष्ठ स्मृति साहित्य सम्मान २०८१, राशिः १० हजार

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता र सोही संस्थाका संस्थापक सदस्य केशव श्रेष्ठ ज्योतिको प्रमुख आतिथ्यका साथै वडा नम्बर ४ हेटौँडा उपमनपाका अध्यक्ष नवीन सिग्देलको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा साहित्यकार निमेष निखिलको अभिभावकत्वमा, समीक्षक घनश्याम घिमिरे, कविद्वय टिका आचार्य र अभय श्रेष्ठसँग कविताकेन्द्रित बहस ‘कविताः युगको प्रतिविम्बन’ विषयक बहसलाई कवि शान्ति प्रियवन्दनाले सहजीकरण गर्नुभयो ।

नवसर्जक चौतारीका संस्थापक दीपक गौतमको अभिभावकत्वमा आयोजित नवपुस्ताकेन्द्रित ‘सिर्जनामा नयाँ पुस्ताः सपना र सम्भावना’ विषयक बहसमा नवसर्जक साहित्य चौतारीकी अध्यक्ष कृतिका लौडारी, शिक्षकद्वय संप्रस पौडेल र प्रतिभा डङ्गोलबिचको बहसलाई कवि छवि अनित्यले सहजीकरण गर्नुभयो ।

रजनी पौडेलले सहजीकरण गर्नु भएको कविता वाचनको सत्र ‘काव्यको सुगन्ध’ मा सल्लाहकार तुलसी घिमिरेको अभिभावकत्वमा २१ साहित्य सर्जकहरूले आफ्ना रचना सुनाउनुभयो ।

यस्तै सङ्गमका पदाधिकारीहरूको रचना वाचन कार्यक्रमलाई भने ‘सङ्गम अनुगुञ्जन’लाई स्वस्तिका बानियाँले सहजीकरण गर्नुभएको हो । सहभागी सम्पूर्ण सर्जकहरूलाई पुस्तक तथा प्रमाणपत्र उपलब्ध गराइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले सङ्गमको अक्षयकोषमा सघाउ पुर्‍याउने हेतुले १ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । हेटौँडा पार्टी प्यालेसमा आयोजित कार्यक्रमलाई सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।

०००
-संप्रस पाैडेल, हेटाैडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x