साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली

बुढापा सबैले नभोगी हुँदैन त्यसै माग्न खोज्दा कहीँ पाइँदैन हुँदामात्र मौका बनेको छ वृद्ध सबै माझ होस् यो बुढ्यौली प्रसिद्ध ।।

Nepal Telecom ad

कविराज घिमिरे :

जहाँ टेक्छु खुट्टा त्यहाँ टेकिँदैनन्
भएँ वृद्ध आँखा दुवै देखिँदैनन्
हुती छैन मेरो नसा गल्नथाले
दुख्यो ढाड ऐया हरे ! भन्नथाले ।। १

उखेलौँ कि क्या हो भयो कान ठाँडो
न बास्ना समात्ने छ यो नाक घाँडो
झरी दाँत बच्चा सरी हुन्छु हाँस्ता
म लाग्दै छु अर्को झनै केस पाक्ता ।। २

बिलौना यिनै छन् हजारौँ थरीका
निराशा बटुल्छन् कचौरा भरीका
समस्या खडा यी वृथा छन् कुचेष्टा
समाधान खोज्ने कुनै छैन चेष्टा ।। ३

बुढ्यौली हुनेका नयाँ पात आउन्
मुना डाँठ हाँगा सधैँ जम्जमाउन्
जराले सिनित्तै भगाउन् कहाली
गरुन् आसलाग्दा कुराका बहाली ।। ४

बनी खिन्नताले सुधा छर्किँदैन
खुसी बाँड्नसक्ता व्यथा फर्किँदैन
जमानी हुँदाको भराएर ऊर्जा
चलुन् नित्य हाम्रा सही यन्त्रपूर्जा ।। ५

बुढापा सबैले नभोगी हुँदैन
त्यसै माग्न खोज्दा कहीँ पाइँदैन
हुँदामात्र मौका बनेको छ वृद्ध
सबै माझ होस् यो बुढ्यौली प्रसिद्ध ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x