साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रिगलको कैद मिनाहा सर्वाेच्चद्वारा बदर

सर्वाेच्चकाे याे फैसला लगत्तै नेपालगञ्जमा रहेका रिगललाई प्रहरीले पक्राउ गरेकाे समाचार सार्वजनिक भएकाे छ ।

Nepal Telecom ad

काठमाडौं, ०८० कात्तिक १६ । सर्वोच्च अदालतले योगराज ढकाल रिगलको कैद मिनाहा दिने निर्णय बदर गरेको छ । साथै ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको छ ।

चेतन मानन्धरको हत्यामा जन्मकैदको सजाय पाएका नेपालगञ्जका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले संविधान दिवसकाे अवसरमा कैद मिनाहा गर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध भारती मानन्धरले दिएको रिटमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गर्दै ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दियो ।

कारागार प्रशासनले ४० प्रतिशत कैद भुक्तान गरेका कसुरदारलाई दिने कैद छुटको निर्णयमाथि गम्भीर प्रश्न उठाउँदै सर्वोच्च अदालतले रिगल ढकालको कैद मिनाहालाई कानुन विपरीत मात्रै होइन, संविधानकै भावना प्रतिकुल भनी व्याख्या गरेको छ ।

सर्वाेच्चकाे याे फैसला लगत्तै नेपालगञ्जमा रहेका रिगललाई प्रहरीले पक्राउ गरेकाे समाचार सार्वजनिक भएकाे छ ।

०००
श्राेत : अनलाइन खबर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x