बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

जाजरकोट भूकम्प (अपडेट) : १ सय ५७ जनाको मृत्यु, २ सय ५३ घाइते

सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले घाइतेको उद्धारमा कठिनाइ भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाल बताए ।

Nepal Telecom ad

जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई जना रहेका छन् ।

यता भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् ।

सरकारले साेमबार भूकम्प पीडितका लागि विशेष राहतको घोषणा गर्ने तयारी गरेको छ ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा धेरै क्षति भएको छ ।

मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । दुई जिल्लामा ठूलो भौतिक क्षति पनि भएको छ । कयौं घरहरू भत्किएका छन् ।

सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ ।

केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले घाइतेको उद्धारमा कठिनाइ भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाल बताए ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामी डाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

भूकम्पको धक्का पश्चिम नेपालका जिल्ला र काठमाडौंसम्म महसुस गरिएको थियो ।

०००
श्राेत : लाेकान्तर डटकम लगायत अन्य अनलाइन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad