साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चट्याङ मास्टरलाई यो वर्षको ज्येष्ठ नागरिक वर्ष पुरस्कार

सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष गाैतम नेपालका एक लेखक, कवि, हास्यव्यङ्ग्यकार र सामाजिक अभियन्ता र फित्काैली डटकमका सल्लाहकार हुनुहुन्छ।

Nepal Telecom ad

काठमाडौं, ०८० पुस ११ । नेपाली साहित्यमा चट्याङ मास्टरका नामले सुविख्यात कृष्णमुरारी गौतमलाई नेपाल सरकारले वि.सं. २०८० को ज्येष्ठ नागरिक वर्ष पुरुषको रुपमा पुरस्कृत गर्ने भएको छ ।

नगद एक लाख रहेको यो पुरुषकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ज्येष्ठ नागरिक संरक्षण शाखाले मन्त्रीस्तरिय निर्णय अनुसार गर्न लागेको हो ।

आज पुस ११ गते ज्येष्ठ नागरिक दिवसका अवसरमा सो पुरस्कार समर्पण गरिने मन्त्रालयका महिला विकास अधिकृत सन्ध्याकुमारी यादव हस्ताक्षरित पत्रमा जनाइएको छ ।

सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष गाैतम नेपालका एक लेखक, कवि, हास्यव्यङ्ग्यकार र सामाजिक अभियन्ता र फित्काैली डटकमका सल्लाहकार हुनुहुन्छ। उहाँले बुढेसकाल अवस्थामा रहेका बूढाबूढीहरूको जीवनस्तर सुधारका लागि समर्पित एजिङ नेपाल नामको गैरसरकारी संस्थाको स्थापना गर्नुभएको छ। सो संस्था सन् २०२० मा युनेस्को किंग सेजोंग साक्षरता पुरस्कारबाट पुरस्कृत भएको थियो।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x