साइबर अपराध सम्बन्धी सचेतना सामग्री

“बा” (काव्यांश – १४)

उता आमा रुन्छिन् तरतर बगाई दृगजल । यता बैनी रुन्छन् उरगति लुलो भो दर्द छ भल ।। सधैँ झार्छन् पानी नयन बह बग्छन् हरपल । बुझाऊँ खै के ले ध्वनि थुनिन गो छैन पहल ?

Nepal Telecom ad

दीनानाथ पाेखरेल :

बच्चा अश्रु खसाउँछन् मन गढी घोच्दो छ चिन्ता अझ ।
पीडा यो कसरी हटी पर हुने भेटिन्छ बाटो अब ?
छैनन् चेतविषे कुनै पनि कुरा ओर्लूँ न अग्लूँ यता ।
मात्रै चेतविषे छ घाउ गहिरो बाबा गुमेको व्यथा ।।११५।।

चेलीका मनमा लडेर पहिरो सम्झी रुँदा माइती ।
रुन्छन् दाजु र भाइ गाउँघरका सम्पूर्ण रुन्छे गति ।।
भान्जी भानिजका बिते पर भए मामा दयाका घर ।
बित्दा ज्वाइँ भिनाजु कष्ट छ उता संसार चिन्ता घर।।११६।।

छोरी अश्रु बगाउँछन् हरघडी आहाल आँखा बने ।
यस्तै कष्ट तनावमा दिन बिते सन्तापमात्रै जमे ।।
छोरा होस गुमी झरे तल पुगे उठ्ला नउठ्ला मन ।
काहीँ छैन अडोस् हियार सजिलै देख्छन् बुझेका जन ।।११७।।

मान्छे योग्य थियो गयो पर भयो भन्छन् गुणी हो अति ।
यस्तो प्रेमिल भावको रस छुटी टाढा हुँदा भो खति ।।
चम्केका नभबाट छुट्टिन गई तारा झरेको सरी।
बाबा दूर गयौ पर्‍यौँ सकसमा रानो हरायौँ हरि !११८।।

हाम्रो यो कुलको समुन्नत थियो व्यक्तित्व अग्लो तर ।
हान्यो काल पसेर बज्र बहको रित्तो बनायो घर ।।
बाबा पारख कर्मका अति बडा जानेर तान्यो कि वा ?
काँचा पात दुखून् भनी लुछिदियो सानै थियौँ पालुवा ।।११९।।

तड्पी हेर्दछ घाँसपात बिरुवा बाबा कता छन् भनी ?
आएनन् अझ सम्झँदै तृण हरा कल्पन्छ बेला गनी ।।
बारी खेत दुखेर मार्ग उनको पर्खेर बस्लान् अब ।
बाँझै बस्छु कि त्रासयुक्त छ गरा रोई दुखेको अझ ।।१२०।।

दुख्यो छाती साह्रै गगनतल खस्दा तनविषे ।
गयो सातो टाढा मनरस सुके सङ्कट पसे ।।
सबै भत्क्यो आशा विरहपन बढ्दा सकलमा ।
दुवै आँखा झार्छन् विरहजल ज्यादै मगजमा ।।१२१।।

खटूँ भन्ने चाहा सिथिल हुन गो शक्ति थलियो ।
रुँदा दुख्दो छाती विकल बनिएँ ज्ञान छलियो ।।
यता रुन्छन् नानी विरह थपिँदा जल्दछ हियो ।
बुबासाथै भाग्यो रसबस सबै चिन्तन खियो ।।१२२।।

कहाँ खुल्थ्यो बाटो सहज युगका ज्ञान बटुली ?
गयो भाग्यो राम्रो समय हित हाम्रो पर डुली ।।
चुलाचौका खोज्छन् मृदुल घरको मालिक कता ?
सधैँ झैँ आएनन् किन त बबुरा झट्ट ल बता ?१२३।।

उता आमा रुन्छिन् तरतर बगाई दृगजल ।
यता बैनी रुन्छन् उरगति लुलो भो दर्द छ भल ।।
सधैँ झार्छन् पानी नयन बह बग्छन् हरपल ।
बुझाऊँ खै के ले ध्वनि थुनिन गो छैन पहल ? १२४।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x